Logo

नेपाली चलचित्र तारेभीरको ट्रेलर सार्वजनिक (भिडियो सहित)



Spread the love

असार २ गतेलार्ई रिलिज डेट लक गरिएको फिल्म ‘तारेभीर’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच निर्माणपक्षले फिल्म ‘तारेभीर’ को एक्सन प्रधान ट्रेलर सार्वजनिक गरेको हो ।

tarevir

सामाजिक कथा बोल्ने फिल्मको सार्वजनिक ट्रेलरमा कहिँ कतै राष्ट्रियताको कुरा पनि जोडिएको छ । ट्रेलरमा एक्सनप्रधान दृश्यहरु बढी प्राथमिकतामा छन् । फिल्मको कथा पनि निर्देशक सुब्बाको नै हो भने लगानी डिके देवानले गरेका छन् । युवराज राईले खिचेको फिल्ममा प्रकाश गुरुङ, सनुप पौडेल र बर्विम शेर्माको संगीत छ ।गोविन्द राई र दिनेश माङ्वुले कोरियोग्राफी गरेको फिल्ममा द्वन्द्व जनक गुरुङको छ । पटकथा र संवाद लेखनमा निर्देशक सुब्बालाई कृष्ण आचार्यले सघाएका छन् ।
विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको फिल्मलाई प्रेम सुब्बाले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/YPMl6zJ15kQ

प्रतिक्रिया दिनुहोस्