Logo

विश्वकपको झझल्को अर्जेन्टिनाको कोपा अमेरीका, भाग्यको प्रतिक्षामा अर्जेन्टिना



Spread the love

५ असार, काठमाडाैँ – ब्राजिलमा जारी कोपा अमेरीकामा अर्जे्न्टिनाको खराब प्रदर्शन कायमै रहेको छ । आज भएको दोश्रो खेलमा पनि अर्जे्न्टिना स्पष्ट जीत निकाल्न असफल भयो ।

मेसी सम्मिलित अर्जे्न्टिना समुहको दोश्रो खेलमा पाराग्वेसँग बराबरीमा रोकिएको छ । तुलनात्मक रूपमा कमजोर मानिएको पाराग्वेसँग अर्जे्न्टिना १(१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा सुरूवाति अग्रता भने ३७ औँ मिनेटमा रिकार्ड सान्चेजको गोलबाट पाराग्वेले लिएको थियो । तर दोश्रो हाफको पहिलो मिनेटमै मेसीले पेनाल्टि मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ६३ औँ मिनेटमा डर्लिस गोन्जालेजको पेनाल्टि फ्रान्स्को अर्मानीले बचाउँदा अर्जे्न्टिना भाग्यमानी सावित भयो ।

अर्जे्न्टिनाको जारी कोपा अमेरीका यात्राले २०१८ रसिया विश्वकपको झझल्को दिएको छ । विश्वकप २०१८ मा पनि अर्जे्न्टिना समुह चरणका २ खेलमा जीत निकाल्न असफल भएको थियो । पहिलो खेलमा आइसल्याण्डसँग १(१ गोलको बराबरीमा रोकिएको अर्जे्न्टिना दोश्रो खेलमा क्रोएसियासँग ३(० गोलले पराजित भएको थियो ।

समुहमा १ अंकका साथ चौथो स्थानमा रहेको अर्जे्न्टिनालाई अर्को चरण पुग्न भाग्यले ठुलै साथ दिनु पर्नेछ । अर्जे्न्टिनाले अर्को खेलमा कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्