Logo

विश्वकप क्रिकेट :न्युजिल्यान्ड अंक तालिकाको शीर्ष स्थानमा



Spread the love
५ असार, काठमाडौं ।  कप्तान केन विलियम्सनले शतक प्रहारसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको छ ।
रोमान्चक बन्दै गएको खेलमा न्युजिल्यान्डलाई अन्तिम ओभरमा जितको लागि ८ रन चाहिरहेको थियो । कप्तान केन विलियम्सनले एन्डिलो फहलुकवलोलाई दोस्रो बलमा छक्का र तेस्रो बलमा चौका प्रहार गर्दै टोलीको जित पक्का गरे । योसँगै न्युजिल्यान्ड अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । कप्तान विलियम्सनले १ सय ६ रनको शतकीय पारी खेले। यसका साथै न्युजिल्यान्डका लागि कोलिन डी ग्रान्डहोमले ६०, मार्टिन गुप्टिलले ३५ र जेम्स निसमले २३ रन बनाए ।
दक्षिण अफ्रिकाका तर्फबाट क्रिस मोरिसले सर्वाधिक ३ विकेट हात पारे।
यसअघि टस हारेर मैदानमा उत्रिएको दक्षिण अफ्रिकाका २ ब्याट्सम्यानले अर्धशतक प्रहार गरेपछि ४९ ओभरमा छोट्याइएको खेलमा ६ विकेटको क्षतिमा २ सय ४१ रनको योगफल तयार गरेको थियो। दक्षिण अफ्रिकाकालागि रस्सि भानडर दुसेनले ६७ रन बनाए । ओपनर हासिम अमलाले ५५, एडेन मार्करामलले ३८, डेविड मिलरले ३६ र फाफ डु प्लेसिसले २३ रन बनाए ।

न्युजिल्यान्डका लागि ल्योकी फग्र्युसनले तीन विकेट लिए । टेन्ट्र बोल्ट, कोलिन डी ग्रान्डहोम र मिचेल सास्टनरले एक एक विकेट लिए ।

योसँगै न्युजिल्याड ५ खेलमा ४ मा जित सहित ९ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ । यो हारसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल खेल्ने संभावना कठिन बनेको छ ।

प्रतिक्रिया दिनुहोस्