Logo

विश्वकप क्रिकेट: टस जितेर बंगाल टाइगरबिरुद्द ब्याटिङ गर्दै अष्ट्रेलिया



Spread the love
५ असार, काठमाडौं ।  आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उपाधि दाबेदार अष्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । अष्ट्रेलियाले ट्रेण्ड ब्रिज मैदानमा टस जितेको छ र पहिले ब्याटिङ रोजेको  छ । सुरुवातमा बंगलादेशले बलिङ गर्ने भएको छ । दुवै टोलि जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
यसअघि पाँच खेलमा चार जित र एक हार खेपेको अस्ट्रेलिया तालिकाको दोस्रो स्थानमा छ । दुई जित, दुई हार र एक खेल अनिर्णित नतिजा निकालेको बंगलादेश पाँच अंक सहित पाँचौं नै स्थानमा छ ।
बंगलादेशले वेस्ट इन्डीजलाई हराएर उच्च आत्मविश्वास बटुलेको छ भने अस्ट्रेलिया पनि प्रतियोगिताको पाँचौं जीतको उद्देश्यका साथ मैदानमा ओर्लिदैछ ।

प्रतिक्रिया दिनुहोस्