Logo

प्रधानमन्त्री प्रचण्डद्वारा राजीनामा



Spread the love

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन्। बुधबार सिंहदरबारबाट राष्ट्रका नाममा संबोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँग भएको सहमति अनुसार आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे।

prachand

उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुझाउने बताएका छन्।दाहालले आफ्नो सम्बोधनकाक्रममा आफू नेतृत्वको सरकारले १० महिनाको अवधिमा गरेका मुख्य काम र उपलब्धिहरुकाबारेमा जानकारी गराएका थिए ।

आफू सफल प्रधानमन्त्रीको रुपमा विदा हुन पाएको भन्दै प्रधानमन्त्री प्रचण्डले अब नेता र सांसदको रुपमा मुलुक र जनताको सेवा गर्ने बताए। राजनीतिक नेतृत्वमा इमान्दारिताको खडेरी देखिएको र सत्ता साझेदारीका लागि भएका सहमति कार्यान्वयन नभएको सन्दर्भमा आफूले राजीनामा दिएको प्रधानमन्त्री प्रचण्डले बताए। दाहाल गएको साउन १९ गते संसदबाट  प्रधानमन्त्रीमा निर्वाचति भएका थिए ।

प्रतिक्रिया दिनुहोस्