Logo

लुइसले दिए स्पेनिस टोलीबाट राजीनामा



Spread the love
५ असार, काठमाडौं ।  स्पेनिस राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस इनरिकेले आफ्नो व्यत्तिगत कारण देखाउदै पदबाट राजीनामा दिएका छन् ।
गत मार्चमा भएको माल्टा र सान मारिनोविरुद्धको खेल पनि पारिवारिक समस्याले गर्दा इनरिकेले  गुमाएका थिए । त्यस्तै यसैमहिना उनले स्वीडेनविरुद्धको खेल समेत गुमाएका थिए । सो समयमा उनका सहायक रोबर्टो मोरिनोले प्रशिक्षण दिएका थिए ।
‘पारिवारिक समस्याका कारण मैले गत मार्च देखि नै टोलीलाई राम्रोसँग समय दिन सकिरहेको थिएन । यो समस्या झन बल्झदै गएपछि मैले प्रशिक्षक पद छाड्ने निर्णय गरेको हुँ ।’ इनरिकेले भने, ‘मलाई विश्वास गरेर राष्ट्रिय टोलीको जिम्मेवारी दिने स्पेनिस फुटबल फेडेरेसनलाई विशेष धन्यवाद दिन चहान्छु । विशेष धन्यवाद त म मेरो व्यवसायिक प्रशिक्षणमा साथ दिने सबैजनालाई व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्