Logo

सन्दीपसँगै सोमपाल पनि ग्लोबल टि-२० लिगमा आबद्ध



Spread the love
६ असार, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछासँगै तीव्र गतिका बलर सोमपाल कामीले पनि ग्लोबल टी ट्वान्टी क्यानडा प्रिमियर लिग २०१९ मा खेल्ने भएका छन् ।

बिहीबार भएको ड्राफ्टबाट लेग स्पीनर सन्दीप र तीब्र गतिका बलर सोमपाललाई लिगका क्लबले अनुबन्ध गरेका हुन् ।  सन्दीपलाई टोरन्टो नेसनल्सले ६० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।
उनको टिममा युवराज सिंह, टेन्ट बोल्ट, ब्रेन्डन म्याकमल, किरण पोलार्ड लगायत छन् ।त्यस्तै , सोमपाललाई विनिपेग हक्सले ३ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । पहिलोपटक सोमपाल ग्लोबल टी–ट्वान्टीमा छनोट भएका हुन् ।
 प्रतियोगिता २५ जुलाईदेखि ११ अगस्टसम्म क्यानाडामा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्