Logo

‘डेब्यू’मै विमलको गोल



Spread the love
६ असार, काठमाडौं । बिहीबार भएको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेसंगै टिसी स्पोर्ट्स इगल्सविरुद्ध हारबाट जोगिएको छ ।
 विमलले अन्तिम मिनेटमा गोल गरेसंगै लिग च्याम्पियन टिसीले १-१ को बराबरी खेल्दै अपराजित यात्रालाई निरन्तरता दिएको हो । इगल्सले ८२ औं मिनेटमा अलि फसिरको गोलमार्फत अग्रता लिएको थियो ।

विमलले इन्ज्युरी समयमा हेडर मार्फत गोल गर्दै टिसीलाई अंक दिलाए । विमलले टिसीका लागि पछिल्लो लिग खेलमा खेलेका थिएनन् । उनले लिग डेब्युमै गोल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्