Logo

जापान र उरुग्वे रोकियो बराबरीमा



Spread the love
६ असार, काठमाडौं । कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा जापान र उरुग्वे बराबरीमा रोकिएका छन् ।  पाहुना टोलि जापानले उत्कृष्ट प्रदर्शन गर्दै उरुग्वेलाई बराबरीमा रोक्न सफल भएको छ ।
जापानले खेलको २५ औं मिनेटमा अग्रता बनायो  । गाकु शिबाशाकीको पासलाई कोजी मियोशीले सदुपयोग गर्दै गोल गरेका थिए । तर खेलको ३२औं मिनेटमा उरुग्वेले पेनाल्टी पायो । पेनाल्टीबाट लुइस स्वारेजले गोल गर्दै १-१ गोलको बराबरीमा पुर्‍याएका थिए । पहिलो हाफसम्म १-१ को बराबरी खेलेको जापानले दोस्रो हाफमा फेरि अग्रता बनाउन सफल भयो ।
५९औं मिनेटमा मियोसीले नै गोल गर्दै जापानलाई २-१ गोलको अग्रता दिलाएका थिए । तर फेरि जापानको अग्रता धेरैबेर टिक्न सकेन । खेलको ६६औं मिनेटमा जोस जिमिनेजले गोल गर्दै २-२ गोलको बराबरी गराएका थिए ।
त्यस बराबरीसँगै उरुग्वे २ खेलमा ४ अंक जोडेर अंक तालिकाको शीर्षस्थानमा छ । जापानले भने पहिलो अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्