Logo

प्रधानमन्त्री कप महिला क्रिकेटः प्रदेश १ र ५ विजयी



Spread the love

७ असार, भीमदत्तनगर – भीमदत्तनगरमा सञ्चालित प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ र ५ विजयी भएका छन् । आज भएका छुट्टाछुट्टै खेलमा प्रदेश १ ले प्रदेश २ लाई तथा प्रदेश ५ ले गण्डकी प्रदेशलाई पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ७१ रन बनायो । प्रदेश २ का लागि शान्ति चौधरीले १४, शोभा आलेले १३ तथा सरस्वती चौधरीले १३ रन बनाइन् । बलिङतर्फ प्रदेश १ का रुविना क्षेत्रीले चार विकेट लिइन् । प्रदेश १ ले ७२ रनको विजयी लक्ष्य १३ ओभरमा पूरा ग¥यो । प्रदेश १ का लागि काजल श्रेष्ठले १९, रुविना क्षेत्रीले अविजित २६ र गोमा थापाले २५ रन बनाइन् । बलिङतर्फ प्रदेश २ की शान्ति चौधरी र सरस्वती चौधरीले एक÷एक विकेट लिइन् । खेलको वुमन अफ द म्याच प्रदेश १ की रुविना क्षेत्री भइन् ।

अर्को खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई आठ विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको गण्डकीले १८ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनायो । गण्डकीका लागि सुशीला गुरुङले २६, प्रमिला बानियाँले १७ तथा सञ्चा महरा र नमूना कार्कीले १३÷१३ रन बनाइन् । बलिङतर्फ प्रदेश ५ की कृष्णा मराशैनीले तीन तथा शर्मिला मगर र विणा थापाले दुई÷दुई विकेट लिइन् ।

असी रनको विजयी लक्ष्य प्रदेश ५ ले आठ दशमलव तीन ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । प्रदेश ५ की हरे थापाले २८, गीता गोसाईले २०, ममता गिरीले १७, यशोदा विष्टले १५ तथा सरस्वती घर्तीमगरले १० रन बनाइन् । बलिङतर्फ गण्डकीकी सुशीला गुरुङले दुई विकेट लिइन् । खेलको वुमन अफ द म्याच प्रदेश ५ की कृष्णा मराशैनी घोषित भइन् ।

प्रतिक्रिया दिनुहोस्