Logo

चन्द्रागिरिमा बोसिया



Spread the love

७ असार, काठमाडाैँ – अपाङ्गता भएका ७ जना लहरै व्हीलचियरमा बसेका थिए । उनीहरुको हातमा रातो र निलो बल थियो । रेफ्रिले कोर्टभित्र शुरुमा सेतो बल फाले । लहरै बसेका खेलाडीले एक÷एक गर्दै आफूसँग भएको रातो र निलो बल सेतो बललाई ताकेर फाले । सेतो बल नजिक रातो र निलो बल फाल्नेले खेल जिते ।

दिवस उप्रेतीले सेतो बल नजिक रातो बल पुर्याएर प्रतियोगिता जिते । अर्को पटक निलो बल सेतो बल नजिक फालेर अर्पण पौडेलले खेल जिते । चन्द्रागिरिमा शुक्रबार यसैगरी अपाङ्गता भएका खेलाडीबीच बोसिया खेलको प्रतिस्पर्धा चलेको थियो । चन्द्रागिरि घुम्न आएका आन्तरिक पर्यटक उनीहरुको खेल हेर्न झुम्मिएका थिए ।

खेलकूदको माध्यमबाट अपाङ्गता भएका व्यक्तिले पनि पर्यटन प्रवद्र्धन गर्न सक्छन भन्ने देखाउन प्रतियोगिताको आयोजना गरिएको बोसिया सङ्घ नेपालकी अध्यक्ष गोमादेवी पौडेलले बताइन् । चन्द्रागिरि जस्तो पर्यटकीय ठाउँमा अपाङ्गता भएका खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गरी पर्यटकलाई आकर्षित गर्न सकुन् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्