Logo

चलचित्र ‘धनपति’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)



Spread the love

नेपाली कथानक चलचित्र ‘धनपति’ को ट्रेलर सार्वजनिक भएको छ ।शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘धनपति’ को ट्रेलर सार्वजनिक गरिएको हो ।

dhanapati

सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने (धनपति)को जिवन संघर्षलाई उजागर गरिएको छ। २०७२ सालको सर्वाधिक सफल चलचित्र ‘पशुपतिप्रसाद’का निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा बनेको यस चलचित्रलाई  रोजिना सिटौलाले निर्माण गरेकी हुन्।

dhn सामाजिक स्थिती तथा देशको राजनितीक व्यवस्थाको कथामा आधारित यस चलचित्रमा नायक खगेन्द्र लामिछानेको लेखन रहेको छ। चलचित्रमा एउटा सोझा साझा जनतालाई राजनितीक दलहरुले आफ्नो स्वार्थका लागि कसरी प्रयोग गर्छन भन्ने देखाइएको छ।

खगेन्द्र लामिछानेको लेखन तथा शीर्ष भूमिका रहेको चलचित्रमा सुरक्षा पन्त, आशान्त शर्मा, मनीष निरौला, सुरभि बर्तौला, हरीहर शर्मा, रबी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ ।चलचित्र असार २३ गते अलनेपाल रिलिज हुँदैछ।

हेर्नुहोस ट्रेलर:

प्रतिक्रिया दिनुहोस्