Logo

लिजेण्ड सचिनको रेकर्ड ताेड्दै काेहली !



Spread the love

७ असार , काठमाडौँ ।भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले लिजेण्ड खेलाडी सचिन तेन्दुलकरले बनाएका स-साना रेकर्डहरु तोड्दै गईरहेका छन् ।

११ हजार रनको सचिनको रेकर्ड विश्वकपमा पाकिस्तानविरुद्ध खेल्दै कोहलीले तोड्न सफल भए । २७६ पारीमा बनाएको सचिनको रेकर्ड जम्मा २२२ पारीमा विराटले तोडेका थिए ।

त्यस्तै , आज अफगानिस्तानविरुद्ध खेल्दा विराटको नजर अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन पूरा गर्ने हुनेछ । उनी यो रेकर्ड बनाउन अहिले १०४ रनले पछि परेका छन् । यदि अफगानिस्तानविरुद्ध शतकीय पारी खेलेमा विराटले सचिनको अर्को रेकर्ड पनि तोड्ने छन् । २० हजार अन्तर्राष्ट्रिय रन पूरा गर्ने खेलाडीको रुपमा विराट १२ औं नम्बरमा आउने छन् ।

अफगानिस्तानविरुद्ध कोहलीले १०४ रन बनाएमा सचिन तेन्दुलरकले बनाएको ३४ हजार ३५७ र राहुल द्रविडले बनाएको २४ हजार २०८ पछि पार्दै २० हजार अन्तर्राष्ट्रिय रन बनाउने तेस्रो भारतीय खेलाडी बन्ने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्