Logo

प्रदर्शनकारी घाइते भएपछि जर्जियाका सभामुखद्वारा राजीनामा



Spread the love

७ असार , काठमाडौँ । नेपालको राजनीतिमा भने इमानको खडेरी परेको छ भन्दा केहि फरक नपर्ला तर , जर्जियाको राजनीतिज्ञको संस्कार भने निकै फरक रहेको छ । देशमा प्रदर्शन भएकाे मामुली कारणले जर्जियाका सभामुख इराक्ली खोबाखिजेले पदबाट राजीनामा लिएका छन् ।

जनताप्रति पर्न गएको असुविधालाई मध्यनजर गर्दै खोबाखिजेले शुक्रबार राजीनामा दिएका हुन् । यद्दपि उनको कार्यकाल जुलाई ८ बाट मात्रै  सकिनेछ ।

संसद भवन नजिकै सांसदसमेतको सहभागितामा भएको आन्दोलनकारीहरूको विरोध प्रदर्शनमा ४० प्रहरीसहित २४० जना घाइते भएका स्वास्थ्यमन्त्री जाजा बोखुवाले बताए।

सभामुखले आफ्नो राजीनामा जर्जियाली ड्रिम पार्टीको जनताप्रतिको उच्च सम्मानका लागि गरिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्