Logo

अमेरिकी राष्ट्रपति र साउदी युवराजबीच कुराकानी



Spread the love

७ असार, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदसँग कुराकानी गर्नुभएको छ ।

शुक्रबार भएको टेलिफोन कुराकानीका क्रममा उहाँहरु बीच इरानका बारेमा छलफल भएको अधिकारीहरुले जनाएका छन् ।

मध्यपूर्वमा शान्ति स्थापनाका लागि साउदी अरब र इरानको सम्वन्धमा सुधार ल्याउने बारेमा उहाँहरुले कुराकानी गर्नु भएको थियो ।

साथै विश्व बजार र अन्य समसामायिक विविध विषयमा पनि छलफल गर्नु भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

अमेरिकाले इरानी आकाशमा ड्रोन पठाएको भन्दै इरानले विरोध जनाएपछि इरानका अमेरिकाका बीचमा विवाद चर्किदै गएको छ ।

इरानी आकाशमाथी उठाइएको एउटा ड्रोन केहीदिन अगाडी इरानले खसाली दिएको थियो । आफ्नो आकाशमाथी आएकाले खसालिदिएको इरानले बताएको छ भने अमेरिकाले अन्तर्राष्ट्रिय आकाशमै रहेका बेला ड्रोन खसालीएको आरोप लगाएको छ ।

अमेरिका र इरानका बीचमा यही विवाद चर्किरहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्प र साउदी अरबका युवराजबीच कुराकानी भएको हो ।  –––रासस

प्रतिक्रिया दिनुहोस्