Logo

गोमा एयरको विमान लुक्लामा दुर्घटना



Spread the love

गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ । काठमाडौंबाट गएको गोमा एयरको बिमान अवतरणका क्रममा विमानस्थलमा नै दुर्घटना भएको हो ।

goma-air-crashed

नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । कार्गो विमानमा पाइलट पारसकुमार राइ र को पाइलट सिर्जन मानन्धर र एयर होस्टेज प्रज्ञा महर्जन सवार थिए ।कार्गो विमान भएका कारण यात्रुहरु भने थिएनन ।

goma-air

तीनै जनाको उद्दार गरिएको छ । विमानको अघिल्लो भागमा क्षति भएकाले चालक दलका सदस्यहरूको उद्दार निकै कठिन भएको थियो । तर, उनीहरूको उद्दार गरिएको छ र अस्पताल लगिएको छ ।शनिबार दिउँसो दुई बजेर चार मिनेट जाँदा दुर्घटना भएको गोमा एयरले जनाएको छ ।

तीनै जना घाइते अवस्थामा रहेका छन् ।उनीहरुलाई लुक्लामा प्राथमिक उपचार गरी थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्