Logo

कोहली आईसीसीको कारवाहीमा



Spread the love
९ असार, काठमाडौं । अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी) ले कप्तान विराट कोहलीलाई कारवाही गरेको छ । शनिबार भएको अफगानिस्तानसँगको खेलमा आचरसंहिता विपरित एलबीडब्लू आउटको अपिल गर्नुको साथै अम्पायर अलीम दरको निर्णयमा आपत्ति जनाएको भन्दै कोहलीलाई आईसीसीले कारवाही गरेको हो ।

कारवाहीस्वरुप  कोहलीको उक्त खेलको २५ प्रतिशत पारिश्रमिक रकम कटौती गरिएको छ । साथै १ डिमिरेट अंक पनि दिएको छ । उक्त कारवाही कोहलीले  सहजै स्वीकारेका छन् ।

प्रतिक्रिया दिनुहोस्