Logo

मेस्सी बने ‘म्यान अफ दी म्याच’ पाउने पहिलो खेलाडी



Spread the love
९ असार, काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले जितसँगै आफ्नो जन्मदिन मनाउन पाएका छन् । मेस्सी सोमबार ३१ वर्ष पूरा गरेर ३२ मा लागेका छन् ।
विश्व फुटबल इतिहासमा जन्मदिनको अवसरमा गोल नै नगरी ‘म्यान अफ दी म्याच’ पाउने मेस्सी पहिलो खेलाडी बन्न सफल भएका छन् । ब्राजिलमा जारी कोपा अमेरिका अन्तर्गत समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले कतारलाई २–० गोलले हराएको थियो ।

सन् १९८७ जुन २४ मा जन्मेका उनले जन्मदिनकै दिन कतारविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ दी म्याच’ पाएका हुन् ।

मेस्सीलाई विभिन्न खेलाडीहरू र खेलप्रमीहरूले जन्मदिनको  शुभकामना दिएका छन् । सामाजिक सञ्जालभरी मेस्सीका फ्यानहरूले जारी ‘कोपा  अमेरिकाको  उपाधि उचाल्नु’ भन्दै उनलाई जन्मदिनको  शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्