Logo

‘मेस्सीजस्ता खेलाडीले खेलको नतिजा बदल्न सक्छन् ‘



Spread the love
९ असार, काठमाडौं ।  कोपा अमेरिका २०१९ अन्तर्गत अर्जेन्टिनाले कतारलाई २-० ले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गर्यो । कतार भने अंक तालिकाको पुछारमा रहँदै समूह चरणबाट बाहिरिएको छ । कतारका प्रशिक्षक फेलिक्स सान्चेजले खेलपश्चात बोल्दै मेस्सीसँग खेल्नुले टिमको  लागि राम्रो अनभव बटुलेको बताएका छन् ।
‘अवश्य पनि मेस्सीजस्ता खेलाडीले खेलको नतिजा बदल्न सक्छन् । कहिले गोल त कहिले असिस्टको सहयोगले । हामीले उनीलाई आउने पास नै रोक्ने प्रयास गरेका थियौं जसले गर्दा उनले खेलमा सहभागी हुने मौका नपाउन् । तर त्यो गर्न सहज थिएन किनकि उनले मैदानका धेरै भागमा प्रभाव पार्न सक्छन्,’ उनले भने ।
‘ हाम्रो योजना अनुसार मेस्सीले गोल गर्न त सकेनन् तर हामीले २ गोल भने खायौं । मेस्सीले गोल नगरेपनि नतिजा भने हाम्रो पक्षमा रहेन । तर उनीसँग खेल्नु हाम्रो लागि राम्रो अनुभव रहयो । विश्वका सबैभन्दा निर्णायक खेलाडीसँग खेल्दा हाम्रो टोलीले भविष्यमा सुध्रने पक्षहरु भेटेको छ,’ सान्चेजले थपे ।

प्रतिक्रिया दिनुहोस्