Logo

११ वर्षीय बालकले गरे सुसाइड नोट लेखेर आत्महत्या



Spread the love
 ललितपुर।  शनिबार राती ९ बजे ललितपुरको बाग्मती गाउँपालिका निवासी ११ वर्षीय एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।
 घरपरिवार र विद्यालयका शिक्षक/शिक्षिकाबाट माया नपाएको भन्दै सुसाइट नोट लेखेर समिर लुङवाले आत्महत्या गरेका  महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख डीएसपी राजकुमार खिउजुले बताए ।
डीएसपीले बालकले सुसाइड नोट लेखेर आत्महत्या गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको र बालकको शव पोष्टमार्टमको लागि पाटन अस्पताल पठाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्