Logo

चलचित्र ‘दिपेन्द्र सरकार’ निर्माण घोषणा,बजेट ५ करोड ५० लाख



Spread the love

चलचित्र  ‘दीपेन्द्र सरकार’  बन्ने भएको छ । तत्कालिन युवराज दीपेन्द्र शाहको प्रेमकथामा आधारित यो चलचित्रलाई आशुसेन प्रोडक्सनले निर्माण गर्ने भएको हो  । राजधानीमा बुधबार आयोजित घोषणा कार्यक्रममा चलचित्रका मुख्य कलाकार प्रदिप खड्कालाई दिपेन्द्रकै गेटअपमा देखाइएको थियो ।

dipendra

क्वालिटीमा कम्पर्माईज नगरी सधैंजसो विग वजेटमा स्तरिय फिल्म निर्माणमा लाग्ने निर्माता सन्तोष सेनले तेश्रो प्रोजेक्ट रिलिजको संघारमा नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । रिलिजको छेकोमा रहेको प्रेमगीत २ (श्रावण १३) दर्शकमाझ आउनु पुर्व नै उनले दिपेन्द्र सरकार नामको नयाँ फिल्म निर्माणको घोषणा गरेका हुन् ।

dipendra-sarkar
दीपेन्द्रको किशोरावस्थादेखि दरबार हत्याकाण्डसम्मको जीवन चित्रण गरिने फिल्मको निर्देशक सार्वजनिक गरिएको छैन । दीपेन्द्रको भूमिकामा प्रदीप खड्काले अभिनय गर्दैछन् । प्रेसमिटमा उनी शाही वस्त्रमै उपस्थित थिए भने अंगरक्षक र एडीसी पनि उभ्याइएको थियो ।

dipendraa

‘फिल्ममा दीपेन्द्रको जीवनलाई तटस्थरुपमा देखाइनेछ’ निर्माता सन्तोष सेनले भने ।५ करोड ५० लाख रुपैयाँ बजेट बताइएको फिल्मलाई नेपाल, बेलायत र अमेरिकामा सुट गरिनेछ भने दरबार झल्कने गरेर भव्य सेट निर्माण गरिने भएको छ । यसअघि प्रेमगीत, चंखे शंखे पंखे र प्रेमगीत २ निर्माण गरेको आशुसेनको फिल्मसको यो चौंथो प्रोजेक्ट हो ।

dipendra-sarkar-mm

विवेक कुमार शाहले लेखेको पुस्तक ‘मैले देखेको दरबार’मा आधारित रहेर यो चलचित्र बन्नेछ । फिल्मलाई अर्को बर्षको जेठ १९ मै रिलिज गर्ने भने घोषणा गरियो । उक्त दिनलाई नेपाली ईतिहासमा कालो दिनको रुपमा लिईन्छ । जुन दिन राजा विरेन्द्रको परिवारले नै यो संसारबाट विदा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्