Logo

चलचित्र ‘ब्ल्याक समर’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)



Spread the love

चलचित्र ‘ब्ल्याक समर’ को अफिसियल ट्रेलर रिलिज भएको छ । बदला, प्रेम र थ्रीलरको कथा बोल्ने फिल्मलाई एलबी सुब्बाले निर्देशन गरेका हुन् । फिल्ममा रीमा विश्वकर्मा, रितेश चाम्स, अमिशा राई, जेसन लिङदेन, सपना श्रेष्ठ, दीपक गुरुङ लगायतको अभिनय छ ।

black-summer-in

नेपाल रिलिज घोषणा नगरिएको यो फिल्म जुन २४ मा पहिलोपटक लन्डनमा रिलिज हुँदैछ । त्यस्तै, अमेरिकादेखि अष्ट्रेलियासम्म पनि फिल्म रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ ।ड्रिम भिजन, मान गुरूङ, प्रतिमा दुतराज र हुप थापाको लगानी रहेको यस फिल्ममा ताराप्रकाश लिम्बु, हरि लम्साल, उदेश श्रेष्ठ र राजकुमार बगरको संगीत रहेको छ भने प्रतीक दुतराजको छायाँकन तथा अर्जुन जिसीको सम्पादन रहेको छ ।

हेर्नुहोस ट्रेलर:

https://youtu.be/O0c39duXeN4

प्रतिक्रिया दिनुहोस्