Logo

‘माया के होला’ की गीतकार कुसुम गजमेरको निधन



Spread the love

नेपाली सांगीतिक क्षेत्रमा मोहनी लाग्ला है,झझल्को लिएर आएछ सावन, माया के होला, चिया बारीमा लगायतका दर्जनौं सदाबहार गीतहरु दिएर दर्शक श्रोतामाझ चिनिएकी गीतकार कुसुम गजमेरको निधन भएको छ ।

mohani-laaglaa-hain

केही समयदेखि स्वास्थ्य समस्याका कारण उपचाररत कुसुमको आज ७२ वर्षको उमेरमा निधन भएको हो। उनको भारतको मुम्बईमा बिहीबार बिहान निधन भएको हो ।लामो समयदेखि मुम्बईमा बस्दै आएकी कुसुम चर्चित निर्देशक तुलसी घिमिरेकी सासु हुन्।  उनको लिभरमा समस्याका कारण मुम्बईमा उपचार गराउने क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्