Logo

‘सलेदो’ : यादहरूको कोलाज !!!



Spread the love

img_20170531_155347

सम्बन्धहरू अनेक खालका हुन्छन् । कतिपय रगतले गाँसिएका, कतिपय भावनाले जोडिएका कतिपय बोल्दा बोल्दै बन्न पुगेका, कतिपय जीवनको गोरेटोमा हिड्दा हिड्दै बाँधिएका साच्चै ! कति चाडैं पोतिन्छन् यी सम्बन्धका रंगहरू, जिन्दगीको क्यानभास भरी छ्यालब्याल छताछुल्ल । छरपस्ट । तर बिल्कुल छर्लङ्ग । केही यीमध्ये लामै समय सम्म पनि टिकिरहलान् तर, कैयौं भने केही पल मै सफाचट भैदिन्छन्

सम्बन्धहरू कतिपय हृदयमा मीठो सुगन्ध छरेर जान्छन् भने कतिपय नमिठा यादहरू लथालिङ्ग पारेर जान्छन् आज या भोलि, आखिर मा एकदिन अवश्य जान्छन् । त्यसै कहाँ भनिएको हो ,”सम्बन्धहरू बस् छुट्टिन कै लागि बन्छन्

यी भए मानवीय सम्बन्धका कुरा मान्छेमान्छे बिच आपसमा गाँसिएका सम्बन्ध तर, के सम्बन्धहरू केवल मान्छेमान्छे बिच मात्रै गाँसिन्छन् ? के यी सम्बन्धहरू भौतिक वस्तुहरू सँग बन्न सक्दैनन् ?

नाइँ ! बस्तुहरू सँग पनि बन्छन्, असङ्ख्य असीम सम्बन्धहरू । होइन भने, लामो समय कतै घुमेर आफ्नो ओछ्यान कोठामा फर्किदा किन आत्मीय शुकुन मिलेको ! किन हाम्रा बुढा बाबूआमालाई शहरको सुखसयल भन्दा गाउँ कै कुटो कोदाली मै आनन्द मिलेको ! किनकी सम्बन्धहरू बस्तु सँग पनि गाँसिएका हुन्छन् , यी सम्बन्धहरूको महत्व हुन्छ हजुर ! जुन महत्व कोहि अर्कैको चिल्लो घर या सुकिलो शहरमा कहाँ हुन्छ !

यिनै सम्बन्ध यस्तै महत्व बोकेका अमुल्य यादहरूको कथा होनाटक सलेदो जहाँ करिब सत्तरीको दशकमा जीवनका अन्तिम सुस्केराहरू एक्लै सुसेली रहेको एक रिटायर्ड बृद्ध भलाद्मीको मनोवृत्तिलाई निकै कलात्मक ढंगबाट सजाइएको नाटक चलिरहन्छ, अँध्यारो उज्यालोको चालमा दृश्यहरू बगिरहन्छन्, कविताको छालमा यस्तो लाग्छ, यहाँ नाटक होइन, एक सुन्दर कविताको मन्चन भैरहेछ शब्द, लय, संगीत भावनाको एक सुरिलो मन्चन अहो ! साहित्य रंगमञ्चको कति मीठो संयोजन

नाटक बिल्कुल कोलाजमयी बनेको बितेका बितिरहेका दुई भिन्न समयमा नाटक कुदिरहन्छ कथाको बर्तमान निकै भावुक भएर प्रस्तुत भैरहन्छ भने बिगत बहुतै रमाइलो यसरी रमाइलो भाबुकतालाई ककटेल बनाएर प्रस्तुत गरिएकाले पनि नाटकले सबै खालका दर्शकलाई आकर्षण गर्ने सामर्थ्य राख्दछ

नेपाली रंगकर्ममा सुपरिचित जोडीद्वय सुलक्षण भारती र सृजना अधिकारीको क्रमशः लेखन तथा निर्देशनमा बनेको हो नाटक सलेदो नाटकको प्रमुख भुमिका पनि स्वयम भारतीले नै खुबै बखुबीका साथ निर्वाह गरेका छन् अघिल्ला नाटकहरू जस्तैसलेदोमा पनि सृजना सुलक्षणको कम्बो निकै प्रिय रुपमा प्रकट भएको उनीहरूका अतिरिक्त सलेदोका सबै पात्रहरू पनि बिल्कुल स्वभाविक रुपमा खुलेका देखिन्छन् । बिल्कुल सजीव छन् पात्रहरू

खैर ! कतिपय दृश्यहरूमा दर्शकलाई हसाउँन कै लागि भनेर जबर्जस्तीको अभिनय देखाइनुलाई मात्रै छोड्ने हो भने नाटक बिल्कुल महँगो बनेको जिन्दगी, सम्बन्ध, बिछोड यादहरूको कोलाज नियाल्न कै लागि पनि नाटक हेरिनु पर्छ भन्ने पंक्तिकारको मान्यता नाटकसलेदोअनामनगर स्थित मन्डला थिएटरमा यहीँ जेठ १२ गतेदेखि नियमित मन्चन भैरहेको

०००

००० 

'प्रमोद' सल्लेरी खबरका लागि कला-साहित्य-विविधमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्