Logo

सार्वजनिक कार्यक्रम र कर्मकाण्ड



Spread the love

प्रायः सार्वजनिक कार्यक्रम, सभा, सम्मेलन, गोष्ठि, बैठक तथा सेमिनारका कार्मकाण्ड नेपालमा चलनमा हुन्छन् । आउनुहोस् ! तिनको बारेमा थोरबहुत चर्चा गरौं ।

आसन ग्रहणः

यसबारे एउटा सानो कथा छ । सुनौं है त !

एक पटक मान्छेको शरिरका सबै अंगको बैठक बसेछ । बैठकले टाउको, हात, खुट्टा, पेट लगायत सबैलाई उचित सम्मान तथा जिम्मेवारीको बाँडफाँड गरेछ । तर गन्हाउने भएकोले मलद्वारको कसैले वास्ता गरेनछ । मलद्वार साह्रै रिसाएछ । मलद्वारले भोलिपल्टदेखि काम नगर्ने आन्दोलन गरेछ । मलद्वारले काम नगरे पछि दिशा हुन सकेन । दिशा नभएकाले गर्दा सबै अंगलाई असर पर्न थालेछ । फेरी सबै अंगको बैठक बस्यो र मलद्वारलाई उचित सम्मानका साथ औपचारिक कार्यक्रममा कुर्सीमा पहिले मलद्वारलाई राख्न दिने भन्ने सहमति भएदेखि सुरु भएको मलद्वार राख्ने काम यानेकी आसन ग्रहण अहिले सम्म जारी छ ।

नेपालमा हुने सबै कार्यक्रम जुन समयमा शुरु हुने भनेको छ, त्यो समयमा शुरु भयो भने दुनिया हाँस्छन् । किनकी न त्यहाँ आयोजक हुन्छ, न बोलाईएका मान्छे हुन्छन् । जुनसुकै कार्यक्रम शुरुवात हुन जहाँ पनि हुने भनेको भन्दा करिब १ घन्टा त ढिला हुनु स्वभाविक अधिकार हो जस्तो भइसकेको छ । “नेपाली समय” भन्ने त भनाई नै भएको छ ।

नेपाली समय भन्ने भनाई कुनै राम्रो कामको रुपमा स्थापित काम जस्तै गरि बोल्ने गरेको पाइन्छ । छिटो आउनु भनेको गल्ती गरेको जस्तो गरि ढिला आउने व्यक्तिलाई पहिले आएकोले कुरेर बस्नुपर्ने अवस्था रहन्छ । सजाय ढिला आउनेलाई हुनु पर्नेमा उल्टै पहिले आउने व्यक्तिले सजाय भोग्नु पर्ने अवस्था छ । प्रमुख अतिथि भनिएको व्यक्ति कहिले पनि समयमा आएको पाइदैन । प्रमुख अतिथि नआएसम्म कार्यक्रम शुरु गर्न हुँदैन भन्ने मान्यता स्थापित भइसकेको देखिन्छ । नेपालका कार्यक्रममा संचालक बन्नु पनि दुनियाँको सबैभन्दा कठिन काममध्ये एक हो । शुरुवात गर्नु भन्दा पहिलेदेखि नै तयारीका साथ तालिका बनाउँछ । तर त्यो तालिका अनुसार काम नै हुँदैन । कार्यक्रममा बोलाइएका अतिथि कतिबेला को आउने, त्यो कसैलाई थाहा हुँदैन । सबैजसो कार्यक्रमका प्रमुख अतिथि ढिला आउँछन् । सायद छिटो या बोलाईको समयमा आएपछि आफ्नो महत्व घट्छ जस्तो गरि ढिलो गरि आउँने चलन भइसक्यो । प्रमुख अतिथिको लेवल अनुसारको तामझामको त कुरै नगरौं । मन्त्री वा त्योभन्दा माथिका प्रमुख अतिथि आएपछि त आयोजकलाई हम्य-हम्य पर्छ । माला खाँदा के हो के हो ! फेरि सुरक्षाको कुरा पनि छ । मन्त्री जस्तो मान्छे पिए लगायत अरु अगाडि पछाडी दुई चार जना हुनै पर्यो ।

बिचरा संचालक गल्ती नै गरेको हुँदैन तर पनि भनिरहन्छ,“मर्यादामा तल-माथि परेको भए कृपया माफ गरिदिनुहोला ।” हाँसोको पनि बेइज्जत त्यतिबेला हुन्छ, जब कार्यक्रमका आयोजकहरु नै मन्चमा अतिथिको रुपमा बस्नलाई तछाड-मछाड सुरु गर्छन् ।

बल्ल-बल्ल प्रमुख अतिथि आइपुग्छन् । कार्यक्रम शुरु हुन्छ । अब कार्यक्रम चलाउनेको सकस शुरु हुन्छ । कस्को पद के हो थाहा नै हुँदैन । नेपालमा पद नभएको मान्छे कोहि नभएको जस्तो गरि पदनाम सहित नाम उच्चारण गरिन्छ र अतिथि दिर्घामा बोलाइन्छ । यो क्रम कार्यक्रम नसकिदाँ सम्म चलिरहन्छ । यस्तो लाग्छ, यो भन्दा राम्रो त ६-७ वर्षको केटाकेटीको भाँडाकुँडी खेल हुन्छ । प्रायजसो अध्यक्षता गर्ने र प्रमुख अतिथि पछिका आसन ग्रहणको लफडा शुरु हुन्छ । के हुन्छ खै त्यो मन्चमा सबै त्यहि बस्न चाहन्छन् । कहिले त लाग्छ, माथि बसेका मात्र मानव हुन् । अरु दर्शक दिर्घामा बस्ने जंगली जनावर हुन् । त्यसैले सबैलाई माथि नै बस्न मन लाग्छ । कार्यक्रम संचालकलाई कार्यक्रम सकिने बेलासम्म अतिथिको आसन ग्रहणको लागि आयोजकले सानो कागजमा अतिथिको नाम दिइरहन्छन् । अझ गज्जबको कुरा त कहिले मर्यादाको भुलबस तल-माथि पर्यो भने पनि महा-मानवहरु मन्च छोडेर हिडिदिन्छन् । त्यतिबेला शायद लाग्दो हो, उनलाई जुताको माला र कालो मोसो लगाएर बजार घुमाए बराबर जस्तै गरि मन्च छोड्छन् ।

बिचरा संचालक गल्ती नै गरेको हुँदैन तर पनि भनिरहन्छ,“मर्यादामा तल-माथि परेको भए कृपया माफ गरिदिनुहोला ।” हाँसोको पनि बेइज्जत त्यतिबेला हुन्छ, जब कार्यक्रमका आयोजकहरु नै मन्चमा अतिथिको रुपमा बस्नलाई तछाड-मछाड सुरु गर्छन् । दुनियाँमा कहिँ नहुने नाटक नेपालमा हुन्छ । आयोजक नै अतिथि । ऊ शानले बस्छ र बेलाबेलामा कार्यक्रम संचालकलाई यसो निर्देशन दिइरहन्छ ।

भाषणः

कार्यक्रमको उद्घाटन सकिए पछिको मुख्य कर्म हो- भाषण । त्यसको पहिलो क्रममा पर्छ- स्वागत भाषण । स्वागत भाषण गर्नेले अरु सबै बोल्छ तर स्वागत भन्न भुल्छ या भन्दैन । सरकार पक्षको कार्यक्रम रहेछ भने सरकारको गुणगाण गाउँछ । विपक्षको रहेछ भने सरकारलाई गाली गर्छ । तर स्वागत गर्दैन । स्वागत भाषण पछिको दोश्रो कर्म- अतिथिको बोल्ने पालो । पहिले बोल्नेले स्वविवेकले बोल्न पाउँछ । जब समय छोटिदै जान्छ, तब छोटो बिचार राखिदिनु हुन भन्न थालिन्छ । सम्बोधन नगरिदिनु होला भनिन्छ तर भाषण गर्नेले कार्यक्रम संचालकको कुरा सुन्दैन । सायद थोरै बोल्यो या अगाडि सम्बोधन गरिएन भने आफु नजान्नेमा परिन्छ जस्तो गरि सबैले कर्मकाण्डको निरन्तरता दिइरहन्छन् ।

कतिपय भाषण त यस्ता सम्म हुन्छन् कि न कार्यक्रम आयोजकको उद्देश्यसँग मिल्छ, न दर्शक दिर्घाका कसैले सुन्छन् । आयोजकलाई पनि राम्रोसँग थाहा हुन्छ- भाषण कोहि सुन्नेवाला छैन । त्यसैले बिच-बिचमा कार्यक्रम आयोजकले गीत तथा नृत्यको व्यवस्था गरेका हुन्छन् । जब भाषण हुन्छ, सबै आ-आफ्नै ध्यान र सुरमा हुन्छन् । लगभग सबैजसो अतिथि दिर्घा वा दर्शक दिर्घामा बस्ने कोहि पनि ध्यान दिएर भाषण सुन्दैन । तर पनि पाइन्ट च्यातिने गरी भाषण गर्ने व्यक्ति बोलिरहन्छ । अझ गज्जब र हास्यास्पद कुरा त के हुन्छ भने, कुनै विद्यालयको कार्यक्रममा आउँने अतिथिले न बालबालिकाका कुरा गर्छ, न विद्यालयको । त्यहाँ राजनीति, समाजबाद, मार्क्सवाद, लेलिनवाद, सरकार र प्रतिपक्ष राज्यका कुरा हुन्छन् । ती कुराले बालबालिकाको लागि कुनै अर्थ राख्दैनन् । त्यति कुराको हेक्का नहुने पनि किन बोल्नु खै !

एक पटक मान्छेको शरिरका सबै अंगको बैठक बसेछ । बैठकले टाउको, हात, खुट्टा, पेट लगायत सबैलाई उचित सम्मान तथा जिम्मेवारीको बाँडफाँड गरेछ । तर गन्हाउने भएकोले मलद्वारको कसैले वास्ता गरेनछ । मलद्वार साह्रै रिसाएछ । मलद्वारले भोलिपल्टदेखि काम नगर्ने आन्दोलन गरेछ । मलद्वारले काम नगरे पछि दिशा हुन सकेन । दिशा नभएकाले गर्दा सबै अंगलाई असर पर्न थालेछ । फेरी सबै अंगको बैठक बस्यो र मलद्वारलाई उचित सम्मानका साथ औपचारिक कार्यक्रममा कुर्सीमा पहिले मलद्वारलाई राख्न दिने भन्ने सहमति भएदेखि सुरु भएको मलद्वार राख्ने काम यानेकी आसन ग्रहण अहिले सम्म जारी छ ।

अझ रमाइलो, प्रायः प्रमुख अतिथि चाहे जुनसुकै तह तप्काको होस्, आफुलाई व्यस्त भएको देखाउन खोज्छ । आफु नै ढिला आउँछ । तर भन्न थाल्छ- कार्यक्रम छोटो बनाउनु पर्यो । यता उता गर्छ । धेरै व्यस्त भएको देखाउन दशतिर फोन लगाउँछ । अलि ठुलो-ठुलो आवाजमा कुरा गर्छ र उस्तै परे त्यहाँ गर्दै गर्नू, म आउँछु सम्म भन्न भ्याउँछ । त्यस्तो व्यस्त मान्छेले दश तिर ‘हुन्छ’ किन भन्नु परेको होला ? आयोजकले बोल्नेको नाम तथा समय छोट्याउदै जान्छ । बोल्न या भाषण गर्न नपाउने रिसाएर जान्छ । बल्ल-बल्ल प्रमुख अतिथिको बोल्ने पालो आउँछ । लगभग सबै मान्छे गईसकेका हुन्छन् । मन्चमा आसिन आफ्नो पालोमा बोलीसकेपछि हिडिहाल्छन् । उनीहरु पनि त अतिथि हुन्, प्रमुख अथितिको जस्तो नभए पनि अलि कम व्यस्त त हुन्छन् नै । व्यस्त नभए पनि अतिथि अनुसारको व्यस्तता त देखाउँनै पर्यो । जब प्रमुख अतिथि बोल्न थाल्छ, मान्छे २-३ जना त पक्का हुन्छन् । कार्यक्रम संचालक, अध्यक्षता गर्ने व्यक्ति र अर्को प्रमुख अतिथि स्वयम । अरु दर्शकलाई पक्का थाहा छ- प्रमुख अतिथि बोलेपछि गीत-नृत्य हुँदैन भन्ने कुरा । अर्को कुरा पनि थाहा छ- प्रमुख अतिथिले हाम्रो बारेमा केहि बोल्दैन । थप कुरा पनि थाहा छ- बोली हाले पनि के हुने हो र हाम्रो नेपालमा !

बिचरा संचालक गल्ती नै गरेको हुँदैन तर पनि भनिरहन्छ,“मर्यादामा तल-माथि परेको भए कृपया माफ गरिदिनुहोला ।” हाँसोको पनि बेइज्जत त्यतिबेला हुन्छ, जब कार्यक्रमका आयोजकहरु नै मन्चमा अतिथिको रुपमा बस्नलाई तछाड-मछाड सुरु गर्छन् । प्रमुख अतिथिले भाषण मच्चिएर गर्छन्, सबै कुरा खाली कुर्सीले सुन्छन् । हुन त भाषण पनि त्यस्तै त हुन्छ । कतिपय कार्यक्रम संचालकहरु अन्तिम अवस्था सम्म पनि भनिरहन्छन्- हामीसँग गीत-नृत्य अझै बाँकी छन् । कृपया दर्शक महानुभावहरु बसिदिनुहोला । तर बिचरा उसले कहिल्यै भन्दैन कि- हामीसँग थप अझै बोल्ने वक्ताहरु हुनुहुन्छ । अतिथि आसन ग्रहणमा नाम तल-माथि पर्दा अपमानित महुसुस गर्नेले कुनै पनि दर्शकले उसको भाषण नसुन्दा पनि बोलिरहन्छ । भाषण नसुनेकोमा कुनै अपमानित महसुस गर्दैन । कार्यक्रमको संचालकले प्रमुख अतिथिको खुब चाकडी गर्छ । अत्यन्त व्यस्तताका बाबजुत आइदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्छ । सायद प्रमुख अतिथि मनमनै हाँस्छ होला । हामी जस्ता व्यक्ति व्यस्त भए त देश अर्कै भइहाल्थ्यो होला भन्ने कुरा सोच्दै ।

अब गोष्ठी-सेमिनार-तालिमका कुरा

उद्घाटन सत्रः

यो सत्रमा गन्य-मान्य सबैको उपस्थिति हुन्छ । कार्यक्रमको आयोजकले यसो मुख मिठोको व्यवस्था गरेका हुन्छन् । त्यहि कारणले हो या किन सबैले कार्यक्रमको गुनगान खुब गर्छन् । अब देश यसैबाट बन्छ जस्तो गरि बोल्छन् । कार्यक्रमको समय अनुसार ब्रेक-फास्ट, लन्च तथा डिनरको व्यवस्थापन गरिएको हुन्छ । यसो बत्ती बाल्ने या व्यानर पढ्ने कुरा गरेर उद्घाटन सत्र सकिन्छ । ठुला-बडा गइसकेपछि शुरु हुन्छ- थप ठुलाको कहानी । रेडिमेड पावर प्वाइन्ट प्रस्तुत गर्ने बडे-सापहरु बडो फुर्तिका साथ गफ दिन्छन् । दुईचार भिडियो पेश गरिहाल्छन् । बेस्ट प्र्याक्टिस (असल अभ्यास) कहिले छुटाउँदैनन् । सबैलाई ‘फोन अफ’ गर्न निर्देशन दिन्छन् । तर आफ्नो फोन आयो भने, बडो फुर्तिका साथ ‘म क्लासमा छु’ भन्न भने छुटाउँदैनन् । अझ यस्ता कार्यक्रम गैर-सरकारी संस्थाको रहेछ भने बडो गज्जब कर्मकाण्डिय हुन्छ । गैर-सरकारी संस्थाका अन्नदाता कर्माकण्डमा सायद अलि बढि कडा हुन्छन् जस्तो देखिन्छ । करिब एक सय अंग्रेजी शब्द दोहर्याउने काम निरन्तर भइरहने गर्छ । अन्नदाताको शायद निर्देशन त्यस्तै हुन्छ । सो अनुसार नगरे पछि फेरी केहो, कसो हो !

शुरुवाती चरणमा सहभागीको अपेक्षा संकलन गरिन्छ । अगाडिबाट एक महानुभावले सबैका अपेक्षा पढेर सुनाउने कर्म गर्छन्- हामी तपाईको अपेक्षा वरिपरि छलफल गर्छौं । तर न सहभागीले त्यो सम्बोधन ‘हुन्छ’ भनेर दिएको हुन्छ, न आयोजकले त्यो सम्बोधन गर्नलाई गरेको हुन्छ । फगत कर्मकाण्ड पुरा हुन्छ । प्रायः तालिम गोष्ठीको अन्तमा कार्ययोजना निर्माणको कर्म गरिन्छ । बडो सकसका साथ सहभागीले कार्ययोजना बनाउँछन् । तर ती कार्ययोजना न कोहि पढ्छ, न कोहि त्यसको कार्यान्वयनको फलोअप गर्छ । त्यहाँ पनि फगत उहि कर्म पुरा हुन्छ । कार्यक्रमको समिक्षा खण्डमा सहभागीलाई बोल्न लगाइन्छ । सहभागी पनि के कम, कार्यक्रम जतिसुकै झुर भए पनि बहुत बडो गज्जबको भयो भनिदिन्छ ।

सारांशमा,

सबैले भन्छन्- यस्तो तालले हुँदैन । भाषण कोहि सुन्दैन । कार्यक्रम समयमा शुरु गर्नुपर्छ । तर दशकौंदेखि यहि चल्दैछ । ठिक भएन पनि भन्ने तर निरन्तर त्यहि गरिरहने यो गज्जबको कर्मकाण्ड चलिरहेछ । धार्मिक रुपमा गरिने कर्म जस्तो विधि पुर्याउने खेल यति धेरै भएको छ कि, अब सार्बजनिक कार्यक्रममा गरिने भाषणबाजी तथा प्रशिक्षण गज्जबका खर्च सकाउँने हाँसी-मज्जाक भइरहेका छन् । हरेक मान्छे यी कार्यक्रमका कुनै उपादेयता नदेख्ने अवस्थामा पुगेको देखिन्छ । तर कर्मकाण्ड चलिरहन्छ ।

जय कर्मकाण्ड !!!

                                                        लेखकका अन्य लेख !

नेपाली समाजले तय गरेको व्यवहार 

सरकारका छोराछोरी सरकारी स्कुलमा

भगवान किन हराए ?

कविताः सुइँना र औंसीको चन्द्रमा

शैक्षिक गुणस्तर : हाम्रो अवस्था !

कसरी समय बिताउने लकडाउनमा बालबालिकासँग ?

०००

०००

कोहलपुर नगर कार्यपालिकाका शाखा अधिकृत एवम् लेखक न्यौपाने सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्