Logo

के हो फेसबुकले ल्याउँदै गरेको नयाँ योजना ‘लिब्रा क्रिप्टोकरेन्सी’ ?



Spread the love

चर्चित सामाजिक सञ्जाल फेसबुकले यही जुनमा क्रिप्टोकरेन्सीको योजना सार्वजनिक गरेको छ । विश्वको सबैभन्दा ठुलो सोसल मिडिया नेटवर्क भएको फेसबुक इंकले ‘लिब्रा’ (Libra) नामक डिजिटल करेन्सी लन्च गरेको हो । हाल क्रिप्टोकरेन्सीमा आधारित ‘क्यालिब्रा’ नामक प्लेटफर्म लन्च गरेको छ, जो एक किसिमको पेमेन्ट सिस्टम हो, जुन आगामी वर्ष मात्र उपलब्ध हुनेछ । यो प्लेटफर्म डिजिटल वालेटको रूपमा रहनेछ । यसले लिब्रा करेन्सी बचत गर्न, पठाउन र खर्च गर्न सहयोग गर्नेछ ।

लिब्राको माध्यमबाट भने फेसबुकमा कल गर्न सकिनेछ भने सामाजिक नेटवर्कमा भुक्तानीको लागि समेत कल गर्न सकिने छ । यसको प्रयोग साथीको बिचमा कम र बिना पैसा प्रवासीहरू, जो विदेशमा काम गरिरहेका छन्, उनीहरूको लागि बढी लाभदायी हुने बताइएको छ । यसलाई एउटा मनी ट्रान्सफरको रूपमा विकास गरिने फेसबुकले जानकारी दिएको छ ।

क्यालिब्रा फेसबुकको मेसेजिंग प्लेटफर्म मेसेन्जर र ह्वाट्स-एपसँग जोडिनेछ । जोसँग यसअघि नै करोडौँ प्रयोगकर्ताहरू रहेका छन् । उक्त सोसल मिडिया कम्पनीका अनुसार त्यस्तो मुद्रामार्फत मानिसहरूले उसको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सक्नेछन् ।

लिब्राको माध्यमबाट भने फेसबुकमा कल गर्न सकिनेछ भने सामाजिक नेटवर्कमा भुक्तानीको लागि समेत कल गर्न सकिने छ । यसको प्रयोग साथीको बिचमा कम र बिना पैसा प्रवासीहरू, जो विदेशमा काम गरिरहेका छन्, उनीहरूको लागि बढी लाभदायी हुने बताइएको छ । यसलाई एउटा मनी ट्रान्सफरको रूपमा विकास गरिने फेसबुकले जानकारी दिएको छ ।

यस्तै अप्रत्यक्ष रूपमा क्रेडिट कार्डबाट हुने कारोबारलाई पनि अब क्रिप्टोकरेन्सीमा रूपान्तरण गरेर फेसबुकले सजिलो अवसर बनाइदिनेछ भने परम्परागत व्यापार, व्‍यावसायलाई सजिलो, भरपर्दो, छिटो र छरितोको रूपमा माइक्रो फाइनान्सको सुविधा दिनेछ ।

यति मात्र होइन यसले स-सना समाचार आर्टिकलहरुका लागि पनि माइक्रोट्रान्सफरको सुविधा प्रदान गर्न सक्नेछ । साथै कुन ब्रान्ड, कति लोकप्रियता लगायत फेसबुकले विज्ञापन मापन, र्‍याङकिङ तथा मुख्य व्‍यावसायलाई लक्षित गर्न सहयोगी भूमिका निभाउनेछ ।

लिब्राक्रिप्टोकरेन्सीको बारेमा जान्नै पर्ने कुराहरूः

लिब्राको मुख्य उद्देश्य के हो ?

कुनै पनि नयाँ योजना/काम हरु सुरु गर्नु भन्दा पहिले कुन उदेश्यका साथ के का लागि गर्न लागेको भन्ने कुरा महत्वपूर्ण हुने गर्छ । त्यसैले लिब्रा पनि कुनै मुख्य उदेश्य लिएर आएको छ ।

यदि कम्पनी र प्रयोगकर्ताहरूले स्वीकार गरे भने, अनलाइन भुक्तानी गर्न एक अधिक सुविधाजनक तरिका हुन सक्छ । फेसबुकले इन्स्टाग्राम र व्हाट्सएपमा उत्पादनहरू बेच्ने योजना बनाएको छ, तर अन्य वेबसाइटहरूले ई-कमर्सको लागि क्रिप्टोकरेन्सी प्रयोग गर्न सक्दछन् ।

विशेष गरी फेसबुकले लिब्रालाई विश्वभरका १.७ अर्ब बैङ्क खाता नहुने युवाहरूलाई लक्षित गरेर ल्याउन लागेको बताएको छ । यो क्रिप्टोकरेन्सी विश्वव्यापी हुने र लिब्रा प्रयोग हुने एप्स र सेवा सम्बन्धित देशका नियम कानुनसँग जोडिने बताइएको छ । त्यसैले, यदि तपाईँ अर्को देशमा पैसा पठाउन चाहनुहुन्छ भने लिब्रा सबैभन्दा सस्तो र छिटो तरिका हुन सक्छ ।

फेसबुकले लिब्रा क्रिप्टोकरेन्सीमा कसरी काम गर्छ ?

फेसबुकले आफ्नो क्रिप्टोकरेन्सीको नाम लिब्रा राखे जस्तै प्रयोगकर्ताकै नाममा क्रिप्टोकरेन्सी बनाउनेछ । यसलाई पछि विश्वले ग्लोबल क्वाइनको रूपमा चिन्ने छैनन् किनकि यसलाई फेसबुकले फरक नाममा दर्ता गरिसकेको छ, जसलाई लिब्रा नेटवर्कस् भनिएको छ र यसको आर्थिक कारोबार स्विटजरल्याण्डबाट हुने जानकारी फेसबुकले दिएको छ । लिब्रा लिबोरको पूर्ण रूप हो जसको अर्थ हुनेछ, लन्डन इन्टर बैङ्क अफर रेट । यही नै पछि विश्व व्यापी रूपमा बैङ्किङ कारोबारमा काम लाग्नेछ । तर अहिले यसलाई भने मानिसहरूले कसैको नामसँग जोडेर हेर्ने गरेका छन् जुन विल्कुलै होइन ।

यदि कुनै कारणले, तपाइको एकाउन्ट ह्याक भयो, कसैले प्रयोग गर्‍यो र तपाइको पैसा चोरी भयो भने त्यो पैसा तपाइले रिफण्ड पाउनुहुनेछ जसको लागि तपाइले २४/७ सपोर्ट मा कन्ट्याक गर्नुपर्ने छ । र, सपोर्टरले तपाइको पैसा रिफण्ड गर्नमा मद्दत गर्नेछन् ।

लिब्रा क्रिप्टोकरेन्सी स्थिर मुद्राको रूपमा रहनेछ । यसको टोकन डिजाइन नै स्थिरता कायम गर्नको लागि बनाइएको छ । किनकि मुद्रा स्थिति जथाभाबी नहोस् भनेर पहिल्यै सचेतना अपनाएर योजना अनुरूप डेकोरेशनको प्रक्रिया गरिएको छ ।

यस्तै बहुराष्ट्रिय कम्पनीहरूलाई समेत मुद्राको स्थितिको रिस्कमा काम गर्न सहज र स्थिर होस भनेर फेसबुकले यसको लागि विभिन्न फाइन्नान्सियल तथा वित्तीय संस्थाहरूलाई करिब १ विलयन डलर छुट्ट्याइसकेको छ भने धेरै मुलुकसँग यसलाई कसरी स्थिरता कायम राख्ने भन्‍नेबारेमा काम समेत गरिरहेको छ ।

लिब्रा रकम कसरी ट्रान्सफर गर्ने ?

सन् २०२० को जुन महिना सम्ममा फेसबुकले क्यालिब्रा एप्लिकेसन बजारमा ल्याउने बताएको छ । जुन एप डाउनलोड गरेर तपाइले आफ्नो बैङ्क एकाउन्ट सँग कनेक्ट गर्नुपर्ने हुन्छ र रकम ट्रान्सफर गर्न सक्नुहुनेछ । जसका लागि विश्वभरबाट थुप्रै कम्पनीहरूले साझेदारी गर्दैछन् ।

लिब्रासंग कुन-कुन कम्पनीले गर्दैछन् साझेदारी ?

फेसबुकका अनुसार लिब्रा प्रोजेक्टमा अन्य चर्चित कम्पनीहरू पनि समावेश रहेका छन्, जसमा मास्टर कार्ड इंक, भिसा इंक, स्पोटिफाई टेक्नोलोजी एसए, पेपाल होल्डिंग्स इंक, ईबे ईंक,पे यु, उबर टेक्नोलोजीज इंक, भोडाफोन ग्रुप पीएलसी, लिफ्ट, मर्स कर्पस्, वोमेन्स वल्ड बैङ्किङ लगायत रहेका छन् ।

लिब्रा ब्लक चैन-स्पिडको लागि निर्माण

प्रत्येक लिब्रा पेमेन्ट स्थायी रूपमा लिब्रा ब्लकचैनमा लिखित एक क्रिप्टोग्राफिक प्रमाणीकरण डेटाबेस हो । जो प्रति सेकेन्ड १००० ट्रान्सफर को रूप मा कार्य गर्दछ । जुन, बिटकोइन भन्दा ७ गुना छिटो र इथेरेयमभन्दा  १५ गुना छिटो हुनेछ ।

प्रोग्रामिंङ ल्याङ्ग्वेज, सेकुरिटी

लिब्रा ब्लक चैन अपाचे भोलुम २.० लाइसेन्स प्राप्त ओपन सोर्स हो । जहाँ कुनै पनि डेभलपर ले रुस्ट प्रोग्रामिंग ल्याङ्ग्वेज र मोभ कोडिङ ल्याङ्ग्वेज मार्फत एप डेभलपड गर्न सक्नेछन् ।

लिब्राले तत्कालको लागि सेकुरिटीमा ह्याकर वन सँग सहकार्य गरेको छ । जसले सिस्टममा आउने बग पत्ता लगाउने छ भने बिस्तारै सेकुरिटी रिसर्चरहरु हायर गर्ने फेसबूक ले जानकारी दिएको छ ।

प्राइभेसी

फेसबुकका सीइओ मार्क जुकर्बर्गले लिब्रा र क्यालिब्राको प्राइभेसीको बारेमा बताए अनुसार, लिब्रा जसले पनि, जहाँ इन्टरनेट कनेक्सन छ त्यहाँ एकदमै थोरै फिसमा प्रयोग गर्न सकिने सिस्टम हो जहाँ तपाइको डिजिटल मनी सुरक्षित गर्नेमा क्रिप्टोग्राफीले मद्दत गर्ने छ ।

यदि कुनै कारणले, तपाइको एकाउन्ट ह्याक भयो, कसैले प्रयोग गर्‍यो र तपाइको पैसा चोरी भयो भने त्यो पैसा तपाइले रिफण्ड पाउनुहुनेछ जसको लागि तपाइले २४/७ सपोर्ट मा कन्ट्याक गर्नुपर्ने छ । र, सपोर्टरले तपाइको पैसा रिफण्ड गर्नमा मद्दत गर्नेछन् ।

र क्यालिब्रा मार्फत प्रयोगकर्ताको कुनैपनि गोपनीयता जस्तै व्यक्तिगत विवरण, कुनै गोप्य सूचना आदि, बाहिरिने छैन र फेसबुकले प्रयोग गर्न पाउने छैन ।

अन्तमा:

फेसबुकले ल्याएको नयाँ क्रिप्टोकरेन्सीको बारेमा कम्पनी निकै उत्साहित भए पनि यसलाई लाग्दै आएको प्रयोगकर्ताको गोपनियता विषय र नियामक निकायको अवरोध भने निकै कठिन हुनेछ ।

यदि फेसबुकले यो प्रोजेक्टमा सफलता हासिल गर्‍यो भने फेसबुक सँगसँगै सहकार्य गरेका अन्य कम्पनीहरूलाई पनि ठुलो फाइदा हुने देखिन्छ । किनकि, डिजिटल युगमा सबैले चाहने भनेको नै छिटो, छरितो र सस्तो हो जहाँ लिब्रा एकदमै उपयोगी हुने देखिन्छ । जसले फेसबुक मार्फत डिजिटल मनि आदान प्रदान गर्नुका साथै कुनै सामान किन्नमा पनि मद्दत गर्ने छ ।

सन्दर्भ लिंकहरूः

https://techcrunch.com/2019/06/18/facebook-libra/

https://libra.org/en-US/

http://fortune.com/2019/06/18/facebook-project-libra-crypto-coin-cryptocurrency-how-it-works/

०००

०००

कम्प्युटर इन्जिनियरिङ्ग अध्ययनरत कवि/लेखक खड्का सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्