Logo

राजदूतको ‘अफर’ छोडेर गाउँपालिकामा बागी !



Spread the love

काठमाडौं, २३ जेठ । ‘मलाई राजदूतको अफर आएको थियो । मैले त्यो अफर अस्वीकार गरिसकें’, रोल्पाको त्रिवेणी गाउँपालिकाको प्रमुखमा बागी उममेद्वार बन्ने घोषणा गरेका माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलानन्द गिरीले भने, ‘पार्टीले मलाई टिकट नै दिएन । अब मेरो बागी उम्मेद्वारी हुन्छ ।’
आजको अन्नपूर्ण पोस्टमा खबर छ– गिरी स्वतन्त्र उम्मेद्वार बन्ने उद्घोषले माओवादी केन्द्रमा मात्र होइन अन्य पार्टीमा समेत चर्चाको विषय बनेको छ । स्थानीय तहको चुनावमा त्रिवेणी गाउँपालिकाको अध्यषको उम्मेद्वार बन्न पार्टीले टिकट नदिएपछि उनले बागी उम्मेद्वारी घोषणा गरेका हुन् ।
‘पार्टीले अन्याय गरेकाले मैले बाध्य भएर स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुपरेको हो,’ केन्द्रीय सदस्य गिरीले भने, ‘उम्मेद्वार छनोटमा व्यक्तित्व र योगदानको मूल्यांकनभन्दा पनि नताबाद र कृपावाद हाबी भएपछि मैले बाध्यात्मक रुपमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुप¥यो ।’

प्रतिक्रिया दिनुहोस्