Logo

टाइगर श्राफ अभिनित फिल्म ‘मुन्ना माइकल’ को ट्रेलर रिलिज (ट्रेलरसहित)



Spread the love
टाइगर श्राफको नयाँ फिल्म ‘मुन्ना माइकल’ को ट्रेलर रिलिज भएको छ । ‘मुन्ना माइकल’ भारतको पहिलो एक्शन-ड्रान्स फिल्म हो । टाइगरलाई यो फिल्ममा माइकल ज्याकसनलाई श्रद्धान्जलि दिँदै गरेको देख्न सकिनेछ ।
munnamicheal_1496647108_749x421
ट्रेलरमा टाइगरको जबरजस्त एक्शन देख्न सकिन्छ । पहिलो पटक नवाजुद्दीन सिद्धीकी एक्शन-म्यूजिक फिल्ममा देखिँदैछन् । यो फिल्ममा नवाज भिलेन बनेका छन् । ट्रेलरको एक सिनमा टाइगर, नवाजलाई डान्स सिकाउँदै गरेको पनि देख्न सकिन्छ ।
maxresdefault-6
यो फिल्मका निर्देशक सब्बीर खान हुन् । फिल्ममा टाइगरले माइकल ज्याकसनको एक ठूलो फ्यानको भूमिका निर्वाहा गरेका छन्, जसको बाल्यवस्था मुम्बईको सडकमा वितेको हुन्छ । यो फिल्ममा टाइगरसँग डेब्यू गर्दैछिन् निधी अग्रवाल । यो फिल्म २१ जुलाईमा रिलिज हुँदैछ ।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/1YOfv5tIGwU

प्रतिक्रिया दिनुहोस्