Logo

विश्वकप क्रिकेट : भारतको अपराजित यात्रामा पूर्ण विराम



Spread the love

१६ असार, काठमाडौं । इंग्ल्यान्डले आईसीसी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतलाई ३१ रनले पराजित गरेको छ । यो जितसँगै इंग्ल्यान्ड तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

इङ्ल्यान्डले दिएको ३३८ रनको विशाल लक्ष्य पछ्याएको भारतले पूरै ओभर खेल्दै पाँच विकेट गुमाएर ३०६ रन मात्र बनाउन सक्यो । भारतका लागि प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले शतकीय पाली खेले । उनले १०९ बलमा १५ चौकाको मद्दतमा १०२ रन बनाए । यसैगरी कप्तान विराट कोहलीले पनि अर्धशतक बनाए । उनले ६६ रन बनाए । हार्दिक पाण्ड्याले ४५, महेन्द्रसिंह धोनीले ४२, रिषभ पन्तले ३२ र केदार जाधवले १२ रन बनाए । इङ्ल्यान्डका लियाम प्लुनकेटले तीन विकेट लिए । यस्तै क्रिस वाक्सले पनि दुई विकेट हात पारे ।

पहिले ब्याटिङ गरेको इङ्रल्यान्डले ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा ३३७ रन बनाएको थियो। इङ्ल्यान्डका लागि जोनी बेयरस्टोले १११ रनको शानदार पारी खेले। उनले यस विश्वकपमा पहिलो सतक बनाए। स्टोक्सले यस विश्वकपमा चौथो अर्थसतक बनाए। उनी ७० रन बनाएर पेभेलियन फर्किए। इङ्ल्यान्डका कप्तान इयान मोर्गन १ रनमै पेभेलियन गए। जो रूटले ४४ रनको पारी खेले। जोस बटलर ८ बलमा २० रन बनाएर आउट भए। जेसन रोय ६६ रन बनाएर आउट भए। उनले पहिलो विकेटका लागि बेयरस्टोसँग १६० रनको साझेदारी गरे।भारतका लागि मोहम्मद सामीले १० ओभरमा १ मेडन सहित ६९ रन खर्चेर ५ विकेट लिए । त्यस्तै जसप्रित बुमराह र कुलदीप यादवको नाममा समान १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्