Logo

सलाहको इजिप्ट समूह विजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश



Spread the love

१६ असार, काठमाडौं ।अफ्रिका कप अफ नेसन्समा समूह विजेता बन्दै इजिप्ट नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘ए’ मा अपराजित रहेर इजिप्ट अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो ।

पहिलो हाफमा दोब्बर अग्रता बनाएको इजिप्टले दोस्रो हाफमा युगाण्डालाई रोक्दै जित हात पारेको हो । दोस्रो हाफमा दुवै टोलीले गोलका केही अवसर पाएपनि सदुपयोग हुन सकेन ।

अपराजित रहेको इजिप्टले ३ खेलबाट ९ अंक जोड्यो । हारपछि पनि युगान्डा उपविजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्