Logo

‘मेस्सी विश्व फुटबल इतिहासकै उत्कृष्ट खेलाडी’ – सिल्भा



Spread the love

१६ असार, काठमाडौं । कोपा अमेरिका २०१९ को उपाधिका दुई दाबेदार टोली ब्राजिल र अर्जेन्टिना आमनेसामने हुदैछ । ब्राजिलका मुख्य डिफेन्डर थियागो सिल्भाले खेलको पूर्वसन्ध्यामा बोल्दै मेस्सीको निक्कै प्रशंसा गरेका छन् ।

उनले मेस्सीविरुद्ध खेल्न कठिन हुने बताएका छन् । ‘ मेरो लागि मेस्सी विश्व फुटबल इतिहासकै उत्कृष्ट खेलाडी हुन् । हरेक पटक उनीविरुद्ध उत्रँदा, चाहे त्यो राष्ट्रिय टोली होस् या क्लब होस्, उनलाई रोक्न निकै कठिन हुने गर्दछ,’ सिल्भाले थपे, ‘ उनको बारेमा जति अध्ययन गरेपनि उनको स्तर र उनले पार्न सक्ने प्रभावबारे बुझ्न सकिन्न ।कतिपय समयमा उनले आफूले सोच्न पनि नसक्ने प्रदर्शन गर्छन् । त्यहि फरक छ ।’

सिल्भाले मेस्सी उत्कृष्ट खेलाडी भएपनि सेमिफाइनलमा उनलाई रोक्ने हरप्रयास गर्ने प्रष्ट पारे । ‘ एक सेन्टर डिफेन्डरको भूमिकामा रहेपछि हरेक सम्भावनाको अध्ययन गर्नुपर्छ । उनी कहिले दायाँ त कहिले बायाँ जान्छन् । ब्राजिल र अर्जेन्टिनाको खेल सहज पक्कै हुँदैन । हामी उनलाई अन्य खेलमा पनि प्रशंसा गर्ने ठाउँ राख्ने छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्