Logo

युरो यू–२१ च्याम्पियनको उपाधि स्पेनलाई



Spread the love


१६ असार, काठमाडौं । स्पेनले यु–२१ युरो च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा स्पेनले २०१७ को च्याम्पियन जर्मनीको यु–२१ टोलीलाई २–१ ले पराजित गर्दै कीर्तिमानी पाँचौ उपाधि जित्न सफल भएको हो ।

खेलमा स्पेनलाई विजयी गराउन फावियन रुइज र ड्यानीयल ओल्मोले एक–एक गोल गरे । पराजित टोली जर्मनीका अमिरले एक गोल फर्काए । स्पेनले खेलको सात मिनेटमै गोलको खाता खोलेको थियो । ६८ औं मिनेटमा दानी ओलमोले गोल गर्दैै स्पेनको अग्रता दोब्बर पारेका थिए । खेलको अन्त्यतिर ८८ औं मिनेटमा जर्मनीका अमिरिले सान्त्वना गोल गरेका थिए ।

सन् २०१७ मा स्पेन जर्मनीसंग नै पराजित हुदै उपाधि विमुख भएको थियो । यसपटक स्पेनले उक्त हारको बदला लिन सफल भयो ।

प्रतिक्रिया दिनुहोस्