Logo

विश्वकप क्रिकेट : आज श्रीलंकालाई वेस्ट इन्डिजको चुनौती



Spread the love

१६ असार, काठमाडौं । आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र वेस्टइन्डिज प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुने छ ।

७ खेलबाट ६ अंक जोडेको श्रीलंका सातौँ स्थानमा रहदा समान ७ खेल खेलेको वेस्ट इन्डिज ३ अंक जोड्दै नवौँ स्थानमा रहदा प्रतियोगिताबाट बाहिरिसकेको छ । यसैकारण वेस्टइन्डिज बिना दबाब मैदान उत्रँदै उत्कृष्ट प्रर्दशन गर्ने सोचमा छ ।

यता श्रीलंकाको पनि अघिल्लो चरण पुग्ने सम्भावना लगभग सकिएको छ । झिनो अंक गणीतिय सम्भावना रहेको श्रीलंका आजको खेलमा पराजित भए आधिकारीक रुपमा प्रतियोगिताबाट बाहिरिने छ ।

प्रतिक्रिया दिनुहोस्