Logo

एमालेलाई फेरि प्रधानमन्त्रीमा प्रस्ताव गर्न आफू खुल्ला:प्रचण्ड



Spread the love

काठमाडौं २३, जेठ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेलाई फेरि प्रधानमन्त्रीमा प्रस्ताव गर्न आफू खुल्ला रहेके बताएका छन् ।

व्यबस्थापिका संसदमा मंगलवार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवारी प्रस्ताव गर्दै प्रचण्डले विगतमा एमालेका नेतालाई प्रधामनन्त्रीमा प्रस्ताव गरेको र भोलिका दिनमा पनि गर्न ओपन रहेको बताएका हुन् ।

‘तीनवटै चरणको चुनाव सम्पन्न भएपछि कांग्रेस र एमालेका नेताहरुलाई फेरि पनि प्रधानमन्त्रीमा प्रस्तावित गर्न पाइयोस’ प्रचण्डले भने, ‘एमालेले मलाई प्रस्ताव गरेर प्रधानमन्त्री बनेको छैन, तर फेरि एमालेलाई प्रस्ताव गर्न म ओपन छु ।’

प्रचण्डले प्रधानमन्त्रीमा निर्वाचित भएपछि कांग्र्रेस सभापति देउवाले विपक्षी दललाई समेत साथमा लिएर अगाडी बढ्ने विश्वास गरे ।

प्रतिक्रिया दिनुहोस्