Logo

राष्ट्रव्यापी जुनियर उसु प्रतियोगिता बिहिवारबाट



Spread the love
२४ जेठ, काठमाडौं – स्वस्थ जीवनको लागि खेल्कुद, राष्ट्र निर्माणका लागि खेल्कुद यी अनी यस्तै विशिष्ट नाराहरु मार्फत खेल्कुदको बिकास सँगसंगै सामाजिक कार्यमा संलग्न रहँदै आएको मार्सल आर्ट अर्गनाइजेसन– नेपालको आयोजनामा प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगिता बिहीबारदेखि 21हुने भएको छ । प्रतियोगितामा विभिन्न ४० जिल्लाका करिब ३ सय ५० खेलाडीको सहभागिता रहने आयोजक अर्गनाइजेसनका अध्यक्ष राजीव महर्जनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सान्सौंमा २० र थाउलोमा १८ गरी जम्मा ३८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सान्सौं र थाउलोतर्फ उत्कृष्ट चुनिने २ पुरुष र २ महिला गरी ४ खेलाडीimages-1लाई राष्ट्रिय टिमसंग प्रशिक्षणको अवसर दिलाउन पहल गरिने पोल्यान्डमा मार्सल आर्ट क्षेत्रको “अवार्ड हल अफ फेम”– २०१६ बाट सम्मानित भइसकेका अध्यक्ष महर्जनले बताए । जुनियर तहबाटै भविष्यका प्रतिभावान खेलाडीको पहिचान गर्न सकिने र निकट भविष्यमा खेल्कुद जगतमा सफलता हासिल गर्न युवाहरुको विकल्प नरहेको र यसका लागि प्रत्येक दुई–दुई वर्षमा प्रतियोगिता गर्ने आयोजकले प्रतिबद्धता व्यक्त गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य अर्जुनबहादुर केसीले जुनियर स्तरका प्रतियोगिताले नयाँ पीढीका खेलाडीलाई खेल क्षेत्रमा लाग्न प्रेरणा दिने बताउदै प्रतियोगिता सफलताका लागि शुभकामना दिए । राष्ट्रिय उसु टिम तयारीमा रहेका खेलाडीको समेत सहयोगमा सञ्चालन गर्न लागिएको तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।कम्जोर पुर्वाधारका कारण जहाँ पनि आयोजना गर्न नसकिने भएकाले यसमा पनि सबैको ध्यान बेलैमा जानुपर्ने उनले बाटए। सामाजिक क्षेत्रमा मार्सल आर्ट अर्गनाइजेसनले विभिन्न वृद्धाश्रमका वृद्धवृद्धालाई दैनिक उपभोग्य सामाग्री र औषधि वितरण गर्नुका साथै ध्रुमुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्प पीडितलाई निर्माण गरिदिएको आवासका लागि श्रमदान गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै खेल क्षेत्रमा मार्सल आर्ट सम्बन्धी सेलफ डिफेन्स सेमिनार आयोजना गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्