Logo

विश्वकप क्रिकेट : टस जितेर भारत ब्याटिङ गर्दै



Spread the love

१७ असार, काठमाडौं । आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ ।बर्मिङघम मैदानमा  हुने खेलमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

सेमिफाइनल नजिक रहेको भारत बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने योजनामा छ । यता, बंगलादेश पनि चमत्कारीपूर्ण प्रदर्शन गर्दै भारतलाई पराजित गरी विश्वकपको सेमिफाइनलमा पुग्ने आफ्नो झिनो सम्भावनालाई कायमै राख्न चाहन्छ । भारतले ७ खेलबाट ११ अंक बटुलेको छ । अर्को बंगलादेशले ७ खेलबाट मात्र ७ अंक जोडेको छ ।

चोटग्रस्त भारतले बंगलादेशलाई हराउन सहज भने हुने छैन । बंगलादेश र भारतबीच कुल ३५ वान डे खेल भएको छ । जसमा भारत २९ खेलमा विजयी हुँदा ५ खेलमा पराजित भएको छ । एक खेलको नतिजा विहिन छ ।

प्रतिक्रिया दिनुहोस्