Logo

स्पेशल अवार्डबाट रोहित सम्मानित



Spread the love

१७ असार, काठमाडौं ।पल्सर स्पोर्टस अवार्ड २०७५ को स्पेशल अवार्डबाट नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्द सम्मानित भएका छन् ।

रोहितले इन्डोनेसियाबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । गतवर्ष आफ्नो क्लब पर्सिजा जकार्तालाई लिग उपाधि जिताउँदा लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

रोहित इन्डोनेसियामै भएका कारण उनका दाइ रोविन चन्दले अवार्ड लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्