Logo

अमेरिकाबाट सात नेपाली निष्कासित



Spread the love

२५ जेठ, काठमाडौं- अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी निष्कासन गरेको छ । निष्कासित ७ जनालाई विशेष चार्टर्ड जहाजबाट बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको छ ।protest_flag-620x412
आजको अन्नपूर्ण पोस्टमा खबर छ– जहाज ओर्लनासाथ ती सात नेपालीलाई अध्यागमन कार्यालयको जिम्मा लगाइएको थियो । निष्काषन हुनेमा रामेछापका टासी शेर्पा, रुकुमका तारक पुनमगर र धनीमान बुढा, कास्की पोखराका केशव थापा, कास्की हेम्जाका चित्रबहादुर थापा, मकवानपुरका रवीन्द्र बलामी र बागलुङका अमर बस्नेत छन् ।
उनीहरु ९ देखि १६ महिनासम्म अमेरिकी अध्यागमनको हिरासतमा बसेका थिए । अमेरिकास्थित नेपाली दूतावासले ती नेपालीको ट्राभल डकुमेन्ट बनाएपछि त्यहाँको अध्यागमनले उनीहरुलाई निष्कासन गरेको थियो ।
अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले अवैध रुपमा अमेरिका छिरेका सात नेपालीलाई त्यहाँको अध्यागमनले निष्कासन गरेको पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्