Logo

नयाँ मन्त्रीको भागमा चुनौतीका चाङ



Spread the love

जेठ २६, काठमाडौं- शिक्षामन्त्रीको बागडोर सम्हाल्नुभएका उपप्रधान तथा मन्त्री गोपालमान श्रेष्ठलाई शिक्षा मन्त्रालय र मातहतका निकायको व्यवस्थापन गर्न दर्जनौं चुनौती देखिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

७ सय ४४ स्थानीय तह कार्यान्वयनमा आएलगत्तै कक्षा १० सम्मको शिक्षा स्थानीय तहसम्म लैजाने सरकारको निर्णयपछि शिक्षामा थप चुनौती देखिएको छ ।

शिक्षकलाई कसरी व्यवस्थापन गर्ने, तलब सुविधाको बाँडफाँटको तरिकालाई कसरी विकास गर्ने र १ देखि १० कक्षासम्मको शिक्षालाई स्थानीय तहमा कसरी हस्तान्तरण गर्ने भन्ने विषय मुख्य चुनौती देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्