Logo

जीवन यात्रा होइन ।



मनोज विश्वकर्मा

मानिस आफैमा के हो ?
के हो मानिस ?
तर जीवन चलिरहन्छ
यत्नहरूको नजिक नजिक
एक दुई तीन…..
एक दुई तीन….
(श्रवण मुकारूङ्ग, ‘जीवनको लय’ कवितांश)

मानिस के हो ? जीवन के हो ?  हामीले अनेक तर्क अघि सारेका छौ। परिभाषा छन् हामीसँग । अनुभव छ तर यसै बताउन सकिरहेका छैनौ, जीवन खास के हो ? बताउन सकिरहेका छैनौ, जीवनलाई बुझ्ने सर्वमान्य एउटा बिन्दु । हामीले कल्पना र तर्कको योगबाट त्यो प्रयास भने छाडेका छैनौ । तर्क शंकाले उब्जाउछ । प्रत्येक  कुरामा यसैले बुद्धले शंका गर्न उक्साएका हुन । संसारका हरेक वादको आधार यहि तर्क र शंका हो । र तर्क र शंका अझै क्रमश: छ । यो लेखमा म तिनै तर्क जुन ‘सृष्टिको बिन्दु खोज्ने प्रयास हो’ को चर्चा गर्ने छु । र यिनैसगँ जोडेर भन्ने छु-जीवन कसरी यात्रा होइन ।

जीवन के हो ? बुझ्न के-के चै जीवन होईन छुट्टाएर हेर्नू पर्छ होला सायद । यसरी होइन छुट्याएर  हेर्दा जे बाँकी रहन्छ त्यो नै जीवन “हो ।” अन्तर्गत स्वत:  पर्ने भई नै हाल्यो ।

सृष्टि कुनै एउटा बिन्दुको विष्फोटबाट भयो या भयो कुनै ईश्वरीय शक्तिबाट ? जीवन ईश्वरकै मेकानिज्म हो वा हो एक-कोषको विस्तारित अस्तित्व ? विचारहरूको यो भिडभाड के हो ?

जीवन मुलत: सिद्धान्त होइन । कुनै पनि सिद्धान्त होइन । सिद्धान्तबाट जीवन हेर्दा कस्तो देखिन्छ ? स्टेफेन हकिङ्गले भने जस्तो फैलिई रहेको जीवन ? अथवा कार्ल मार्क्सको जस्तो वर्ग र वर्ग सङ्घर्ष( द्वन्द्वात्मक भौतिकवाद) ? या हो जीवन बहुकोषिय बनेर नदि किनारबाट हिड्दै हिड्दै सेपियन्स बनेको ? जीवन थियो र त्यसलाई छाम्न सिद्धान्त/वाद आए । यिनले निरन्तर प्रश्न गरि रहेको छन् । ब्रमाण्ड के हो ? सौर्यमण्डल के हो ? के हो  सौर्यमण्डलहरूमा घुमिरहने बटुवा(Planet)को सत्य ? घुमिरहने बटुवामा चलमलाई रहेको जीवको सत्य के हो ? यी सबको अन्तरसम्बन्ध के हो ? आदि ।

हाम्रो सम्पूर्ण चिन्तन प्रणाली नै दुई भागमा बाँडिएको छ ।  साहित्य, दर्शन, विज्ञानमा यो कित्ता प्रष्ट देखिन्छ । पूर्वसगँ वेद छ । वेदको उपवेदहरू पनि छ, अन्य श्लोकवद्ध किताबहरू नि छन् । पश्चिमसँग बाईबल छ । यी दुवैको चिन्तन केन्द्र एउटै भए पनि आधारभूत मत भने फरक छ । यी दुवैसँग सृष्टि कसरी भयो ?  जीवन किन छ ? कसरी  शुरू भएको थियो जीवन ? भन्ने प्रश्न छ तर छ फरक उत्तर ।

सृष्टि भयो, सृष्टिपश्चात देेखियो जीवनको अस्तित्व । जीवनपछि नै फैलिए विचारको आयामहरू । यो सामान्य सत्य हो । तर यहि सत्यलाई बुझ्ने विचारको आयामको भिन्न छ । सृष्टि कुनै एउटा बिन्दुको विष्फोटबाट भयो या भयो कुनै ईश्वरीय शक्तिबाट ? जीवन ईश्वरकै मेकानिज्म हो वा हो एक-कोषको विस्तारित अस्तित्व ? विचारहरूको यो भिडभाड के हो ? आउनुस शुरू गरौँ ।

१.सृष्टिको कुरा सिद्धान्तका कुरा

आजको हात हातमा मोबाईल छ । प्रत्येक हातमा फनफनी घुम्छ पृथ्वीको सुन्तला-डल्लो तर आधुनिकताको विशेषता बनेको छ सामुहिकताको अवसान । जसलाई इमाइल दुर्खिम ( १८५८ -१९१७) ले Organic Solidarity भनेका छन् । अझ स्पष्टसँग भन्दा हामी यति आधुनिकतामा छौँ  कि हामीसँग प्रविधि छ एकअर्कालाई जोड्न, अरू अनेक माध्यम पनि छ । तर हामी छौँ सामुहिक एकताबाट अलगिएको अवस्थामा  । एकतामा छौँ तर जैैविक एकाई बनेर । यो समयमा उभिएर हेर्दा पनि प्राचीन समयमा हजारौँ विचारहरू अनेक भूगोल, अनेक झुण्डमा देखिनु स्वाभाविक लाग्छ । ति सब झुण्डमा लिखित/अलिखित अनुभवको सिन्थेसिस थिए । जो नै धार्मिक ग्रन्थ हुन । धार्मिक ग्रन्थ साझा दस्तावेज र लामो जीवन अनुभवको संश्लेषण पनि हो ।

मानवसृष्टिको सम्बन्धमा ब्रम्हाको वर्ण व्यवस्था (टाउकोबाट ब्राह्मण, हातबाट क्षेत्री, पेटबाट वैश्य र खुट्टाबाट शुद्र )को सृष्टि त दुनिँयामा कतै नभएको सृष्टिकथा भई हाल्यो । बाईबलको सृष्टि कथाले भन्छ- एउटा परमेश्वर । परमेश्वरले सृष्टिको रचना गरे र आफ्नै स्वरूपमा मानिस बनाए । बनाएको त्यो आदम मानिस जब एक्लै पर्न थाल्यो उसकै करङ्गबाट ईभ बनाईयो । पुरै सृष्टि र मानव जातिको कथा यति हो बाईबलका अनुसार । यी दुवैले देखाउने भनेेको कुनै एउटा Supreme Power हो ।

नेपालको किरात समुदायको अनुभवको सिन्थेसिस हो – मुन्धुम । मुन्धुमको सृष्टि र जीवन सम्बन्धमा आफ्नै दर्शन छ । त्यस्तै कुरानको, वेेदको पनि आफ्नै मत छ। वेदले भन्छ-‘जब यो कार्यरूप सृष्टिको उत्पति भएको थिएन त्यतिखेर सर्वशक्तिमान परमेश्वर यसको कारण थिए । ती विराट पुरूष परमात्माको  मनबाट चन्द्रमा उत्पन्न भयो, आँखाबाट सूर्य उत्पन्न भयो, मुखबाट इन्द्र र अग्नि दुवैको उत्पति भयो, प्राणबाट वायु भयो । त्यसै प्रकारले अन्तरिक्ष तथा द्यौ, भूमि आदिको सृष्टि भयो ।’ ( वेदमा के छ ?, डा. स्वामी प्रपन्नाचार्य ) त्यस्तै मानवसृृष्टिको सम्बन्धमा ब्रम्हाको वर्ण व्यवस्था (टाउकोबाट ब्राह्मण, हातबाट क्षेत्री, पेटबाट वैश्य र खुट्टाबाट शुद्र )को सृष्टि त दुनिँयामा कतै नभएको सृष्टिकथा भई हाल्यो । बाईबलको सृष्टि कथाले भन्छ- एउटा परमेश्वर । परमेश्वरले सृष्टिको रचना गरे र आफ्नै स्वरूपमा मानिस बनाए । बनाएको त्यो आदम मानिस जब एक्लै पर्न थाल्यो उसकै करङ्गबाट ईभ बनाईयो । पुरै सृष्टि र मानव जातिको कथा यति हो बाईबलका अनुसार । यी दुवैले देखाउने भनेेको कुनै एउटा Supreme Power हो ।

विज्ञान र धर्ममा गहिरिदा पुग्ने भनेको सूक्ष्म विन्दुमै हो । तर जब धर्मले धर्म बिर्सिन्छ, विज्ञानको नृत्य सुन्दर देखिन्छ । जब तमाम शास्त्रले कुनै एउटा बनि बनाउ सत्य खडा गर्छ र दिनभर आँखा चिम्लेर शरण पर्न भन्छ । तब यिनले तमाम मानवीय चिन्तनलाई चितामा पुर्याउछ । चितामा पुर्याउन तत्पर हाम्रो धार्मिकताले देखाउने त्यस्तो GOD लाई यसैले फ्रेडरिक नित्सेले Dead घोषणा गरे । यहि नेर गौतम बुद्ध भौतिकशास्त्रको जन्मदाता लाग्छन् । किनभने उनले चिन्तनलाई जोड दिए , शंका गर्न भने ।) शंकाकै जगमा विज्ञान खडा भयो । विज्ञान प्रयोगशालामा निरन्तर छटपटाई रहेको छ ।

यो छटपटाहटको सिलसिला शुरू हुन्छ एक जना टोलेमी नामका विचारकबाट । उनको मत तत्कालिन धर्मग्रन्थको झै पृथ्वीलाई सूर्यले घुम्छ भन्ने थियो । अलि पछि निकोलस कोपर्निकसले “सूर्यकेन्द्रित सिद्धान्त” ल्याए । जसले भन्यो-सूर्य स्थिर छ है, यसले पृथ्वीलाई घुम्दैन । ग्यालिलि ग्यालिलियोले दुरविन आकाश तर्फ सोझ्याउदा त्यहि देखे जो धर्मको खिलाप र कोपर्निकसको मतसँँग मिल्दो थियो । उनले देखेको बोले ; बदलामा जेल जानू पर्यो । अलि पछि आईज्याक न्युटनले भने-सूर्यलाई पृथ्वीले घुम्नुको कारण गुरूत्वार्कष बल हो । संसार आश्चर्यमा पर्यो उनको विचारबाट । विज्ञानले क्रान्तिको बीउ भेट्टायो । आईन्स्टाईनले न्युटनलाई केही परिमार्जन सहित भने- गुरूत्वाकर्षणको केन्द्र सिधा नभएर टेढोमेडो छ । उनको यो दाबी Theory Of Relativity मा छ । र भौतिकशास्त्रको आजसम्मकै सबैभन्दा महत्वपूर्ण उपलब्धी यहि सापेक्षतावाद नै सिद्ध भयो । उनले सापेक्षतावादलाई पनि सामान्य र विशिष्ट दुई भागमा बाडेर अध्ययन गरे । सामान्य सापेक्षतावादमा भौतिकशास्त्रको चर्चा छ भने विशिष्ट सापेक्षतावादमा खगोलीय पिण्ड र अन्तरीक्षको चर्चा छ ।

जब धर्मले धर्म बिर्सिन्छ, विज्ञानको नृत्य सुन्दर देखिन्छ । जब तमाम शास्त्रले कुनै एउटा बनि बनाउ सत्य खडा गर्छ र दिनभर आँखा चिम्लेर शरण पर्न भन्छ । तब यिनले तमाम मानवीय चिन्तनलाई चितामा पुर्याउछ ।

खगोलशास्त्रीले पनि सृष्टिको उत्त्पतिको सम्बन्धमा लामपुच्छ्रे ताराको सिद्धान्त, नेबुलर सिद्धान्त, बाफको सिद्धान्त आदि हाईपोथेसिस अघि सारेका छन । यसमध्येको बहुमान्य सिद्धान्त महाविष्फोटनको सिद्धान्त (Big Bang Theory) हो । जुन आईन्स्टाईनकै सापेक्षतावादको सिद्धान्त र क्वान्टम सिद्धान्तको अध्ययनबाट स्टेफन हकिङ्गले अघि सारेका हुन् । हकिङ्गको अनुसार यो सारा ब्रह्माण्ड आज जति ठूलो छ, पहिले कुनै एउटै बिन्दुमा थियो । त्यो बिन्दुको विष्फोटन भयो । त्यहि विष्फोटनबाट नै ब्रह्माण्डको उत्पति भयो । ब्रह्माण्ड  उत्पति भएको त्यहि बिन्दुबाट समयको शुरूवात भयो । विष्फोटनसँगै  सबैभन्दा पहिले हाईड्रोजन ग्यास बन्यो । हाईड्रोजन निश्चित तापक्रममा तातिँदा हिलियम उत्पन्न हुन पुगेँ । हाईड्रोजन र हिलियमको बोन्डबाट ताराहरू बने । ताराहरू आन्तरिक दोहनको कारण टुक्रीदा  ग्रह बन्यो । ग्रहहरू गुरूत्वाकर्षण बलको प्रभावले सूर्यलाई केन्द्र बनाएर घुम्दा सौर्यमण्डल बन्यो । हकिङ्गको सिद्धान्तको अनुसार विष्फोटनपश्चात यो ब्रमाण्ड निरन्तर विस्तार भईरहेको छ । यो विस्तार भईरहेको तथ्य हब्बल टेलिस्कोपले हेर्दा पहिल्यै पत्ता लागेको तथ्य थियो । उनको परिकल्पनाको जग यहि तथ्यमा अडेको छ । हकिङ्गको सिद्धान्तका पनि आफ्नै सिमा छन् तर यो भन्दा गतिलो हामीसँग अर्को कुनै परिकल्पना छैन – सृष्टिको उत्पति सम्बन्धमा ।

उनको मत अनुसार सृष्टिको अन्त्य ब्ल्याक होलमा गएर हुन्छ । के हो ब्ल्याक होल ? जसरी समयको शुरूवातसँगै ताराहरू बनेँ । लामो कालखण्डपछि ताराहरू आफूभित्रको आन्तरिक दोहन अथवा परमाणु सक्किएपछि क्रमश खुम्चिन्छन्। खुम्चिदै जाँदा पिण्ड कम त हुन्छ तर तौल उहीँ नै रहन्छ । ठूलो पिण्ड सानो हुँदै जाने तर तौल स्थिर रहने हुनाले यो खुम्चिएको पिण्डमा गुरूत्व अत्याधीक हुन्छ । यति अत्याधीक कि यसबाट ३,००,०००  कि.मि. प्रतिसेकेण्डमा कुद्ने प्रकाश पनि उम्किन सक्दैन । वरपरका पिण्डलाई निल्ने त भई हाल्यो । खुम्चिदै खुम्चिदै एउटै बिन्दु जत्रो हुन्छ । र पछि बिलाउछ । सायद यो नै हो – शून्य आयाम(Zero Dimension)।

२. जीव र सङ्घर्ष

सृष्टिको उत्त्पति कथाले ब्रमाण्ड, तारापुञ्ज, सौर्यमण्डल, ग्रह, उपग्रह लगायतका आकाशिय पिण्डको बारेमा बताउछ । जीव बस्न लायक पृथ्वीमा मानिसको उत्त्पतिका सम्बन्धमा चाहिँ आदम बन्यो र त्यसकै करङ्गबाट ईभलाई निकाल्यो । ईश्वरले भन्ने खालको धार्मिक तर्कहरू पनि छन् । ती धार्मिक कथामा तर्कसङ्गत मत कम र आँखा चिम्लेर विश्वास गर्नु पर्ने बाध्यता बढि छन् ।

पृथ्वीमा एकदिनमा ८ घण्टा मात्र हुन्थ्यो । यसै समय कुनै ठूलै पिण्ड पृथ्वीसगँ टकरायो । यो टकरावले जीवनको ढोका खोल्यो । एक त यसै टकरावले चन्द्रमाको उत्पति भयो भनेे अर्को त थप चिसियो पृथ्वी । जब उत्पति भयो चन्द्रमा, चन्द्रमाले घुम्न थाल्यो पृथ्वीलाई । र गतिह्रास हुन पुग्यो पृथ्वीको र अहिलेको गतिमा आई पुग्यो । पृथ्वीको माथी वायुमण्डल बन्न थालेपछि पानी पर्यो । अनि जीवको उत्त्पति सम्भव भयो ।

महाविष्फोटनकै सिद्धान्तले भन्छ, तातो आगोको डल्ला जस्तो पृथ्वीमा गुरूत्वकै प्रभावले गह्रौ तातो धातु केन्द्रतिर थुप्रिदै गए (ती आज पनि म्याग्माको रूपमा पृथ्वीको गर्भमा छ) र हलुका पदार्थ माथि नै रहेँ । यसरी जमिनको सतह बन्यो । त्यस समय पृथ्वीको गति तीव्र थियो । यसैले पृथ्वीमा एकदिनमा ८ घण्टा मात्र हुन्थ्यो । यसै समय कुनै ठूलै पिण्ड पृथ्वीसगँ टकरायो । यो टकरावले जीवनको ढोका खोल्यो । एक त यसै टकरावले चन्द्रमाको उत्पति भयो भनेे अर्को त थप चिसियो पृथ्वी । जब उत्पति भयो चन्द्रमा, चन्द्रमाले घुम्न थाल्यो पृथ्वीलाई । र गतिह्रास हुन पुग्यो पृथ्वीको र अहिलेको गतिमा आई पुग्यो । पृथ्वीको माथी वायुमण्डल बन्न थालेपछि पानी पर्यो । अनि जीवको उत्त्पति सम्भव भयो ।

जीवको उत्पति सम्बन्धमा कुनै एउटा Supreme Power ले बनाए भन्ने मान्यता एकातिर छ । जसलाई भगवान भन्छौ हामी । यी मान्यताहरू तर्कमा भन्दा बढि विश्वासमा टिकेको छ । जहाँ चिन्तनको अभाव हुन्छ, त्यहाँ विश्वास नै सर्वेसर्वा हुन्छ । अर्कोतिर चिन्तन र तर्क गर्न थालियो-‘जीव कसरी उत्पन्न भए ?’,  ‘कसरी बाँचेर यति पर आई पुगे ?’ आदिमा । प्रमाण खोज्न थालियो । तर्क र प्रमाणको आधारमा जीव पिण्डको उत्पति सम्बन्धमा चाल्स डार्बिन जति स्पष्ट कोही छैनन् । भलै कि उनको क्रमविकाशको सिद्धान्तका पनि आफ्नै सिमाहरू छन् । के बोल्छन् त उनी ? उनी भन्छन, ‘जीव पिण्ड अत्यन्तै सूक्ष्म जीवको उत्पतिबाट भयो । एकाकोषीय बहुकोषीय बाँदर हुदै सेेपियन्स बन्यो ।’ सेपिन्यसको विस्तारको सम्बन्धमा ‘Sapiens: A Brief History Of Humankind’ पुस्तकमा युवल नोअल हरारी डार्बिनकै सिद्धान्तको जगमा टेकेर भन्छन् -‘पृथ्वीमा Linear Model मा सेपियन्सको उत्पति भएन बरू कम्तिमा ६ प्रजातिको मानव एकसाथ अस्तित्वमा थिए ।’

एककोषिय बहुकोषिय हुदै अस्तित्वमा आएका ‘सेपियन्स लगायतका जीव सङ्घर्ष गर्न सक्ने बाँचे, नसक्ने हराएर गए । नयाँ जीव बन्ने र पुरानो हराउने क्रम यसरी नै जारी रहेको छ डार्बिनको मतमा । उनको यो सिद्धान्तमाथी अनेक आलोचना भएका छन् । ती प्रमाण र तर्कसंंगत छन् । माथी नै भनिसके उनको सिद्धान्तका पनि आफ्नै सिमाहरू छन् । यसैले यो अन्तिम सत्य होईन तर डार्बिन भनेको ‘बाँच्नको लागि सङ्घर्ष’ आजको सत्य हो ।

३. जीवन र समाज

माथीका दुई मुख्य सिद्धान्त सृष्टिको उत्त्पतिको परिकल्पना र ती भौतिक पिण्ड उत्त्पति पश्चात जीवको उत्त्पतिको परिकल्पनासगँ सम्बन्धित थिए । जब डार्बिनको एककोषिय जीव बहुकोषिय बनेर खोला किनारबाट हिड्यो । बाँदर हुँदै सेपियन्स बन्यो । ओडारमा बस्यो । झुण्डको आवश्यकता देख्यो- समाज बनायो । बिहे गर्यो । कृषिमा संलग्न त भई नै सकेको थियो । अनि कसरी हिडिरहेको छ यो जीवन ? कार्ल माक्स र उनको माक्सवादले जति बलियो जवाफ सायदै होला ।

आधुनिक विश्वको नक्सा द्वितीय विश्व युद्ध पछि बदलिएको थियो । यहि विश्व युद्धमा नराम्रोसगँ क्षति व्यहोरेको जर्मनीमा जन्मिएका कार्ल माक्सको वादमा टेकेर आज पनि नेपाल, चिन लगायतका थुप्रै देश हिडिरहेको छ । माक्सका अनेक सिद्धान्त छन् । समाज विज्ञानका विभिन्न क्षेत्रमा ती सिद्धान्तको प्रयोग भई रहेको पनि छ। उनको द्वन्द्वात्मक भौतिकवाद सबभन्दा पढिएको र रूचाईएको सिद्धान्त हो । द्वन्द्वात्मक भौतिकवाद के हो ? के द्वन्द्वात्मक भौतिकवाद सर्वमान्य सिद्धान्त हो ? उनले भन्ने गरेको कम्युनिज्मपछि जन्मिनुको सारा उपलब्धी प्राप्त भएको हुन्छ ? होईन भने के हो यसको सिमा ?

सिमा जान्नु अघि द्वन्द्वात्मक भौतिकवादले के भन्छ संक्षेपमा बताउछु । बताउनु नै त क्षेत्रफल देखाउनु हो । क्षेत्रफल देखाएपछि सिमा आपसेआफ देखिन्छ ।

समाज निर्माणको चरणमा स्पष्ट दुई वर्ग निर्माण भयो । हुने खाने र हुदाँ खाने । उनले भनेको कम्युनिज्म चै हुने खाने वर्ग सदैव “आफू मात्र खाने” मनोदशाबाट गुज्रिरहदा “हुँदा खाने” वर्गको सङ्ख्या निकै ठूलो बन्न पुग्छ । यो वर्गले नै सिमित हुने खानेको विरूद्ध द्वन्द्व गरेपछि समाजवादको बाटो हुँदै आउँछ । जबसम्म वर्ग रहन्छ, द्वन्द्व चलिरहन्छ – यो नै माक्सको द्वन्द्वात्मक भौतिकवाद हो ।

उनले भनेको कम्युनिज्ममा राज्य नै सर्वेसर्वा हुन्छ । त्यहाँ हरेकसँग बराबर सम्पति र सुविधा हुन्छ । कुनै पनि देशले यो लक्ष्य प्राप्त नगरेकोले साम्यवादलाई ‘हावा’ भन्न सकिन्छ । यो थियो माक्सवादको क्षेत्रफल ।  साम्यवाद पछि के हुने ? साम्यवाद नै हाम्रो जीवनको सम्पूर्णता हो ? यहि बिन्दुसम्म पुगे पछि जन्मिनुले अर्थ भेट्टाउछ ? यी प्रश्नले थाहा दिन्छ कम्युनिजम अन्तिम सत्य होईन । यो नै हो माक्सवादको सिमा ।

म भन्छु यहिबाट शुरू हुनु पर्दछ -आध्यात्मिक जीवन । माक्सवादले भन्ने गरेको साम्यवादको बिन्दुसगँ जोडेर हेर्नू पर्दछ – आध्यात्मिक जीवनलाई । यो नै हो जीवनको अर्थपूर्णता । साम्यवादले निम्त्याउने आलश्य युगलाइ अब अध्यात्मसँग  जोडेर बुझ्नु जरूरी छ । यो अध्यात्मवाद कुनै धर्मको आवरण हैन । न हो कुनै धार्मिकताको नाममा हुने पाखण्डको सिलसिला । यो हो त जीवनलाई हाम्रा परम्परागत चिन्तन र त्यसले बनाउने बाटोमा “नहिडाउने बाटो” ।

माक्सकै अर्को एउटा सिद्धान्त छ- अतिरिक्त मुल्यको सिद्धान्त र अलगावको सिद्धान्त । अतिरिक्त मुल्यको सिद्धान्त पुँजीवाद जान्ने महत्वपूर्ण सिद्धान्त हो । पूँजीपति कसरी आफ्नो पूँजी बढाउछ र श्रम गर्ने एउटा वर्ग कसरी श्रम गरे पनि उभो लाग्न सक्दैन ? प्रश्नको जवाफ यसले दिन्छ । आफुसँग  भएको निश्चित रकम लगानी गर्ने तर प्रतिफल आफूले मात्र लिन श्रमिकको श्रम शोषण कसरी गर्छ पुँजीपतिले ? यो सिद्धान्तले स्पष्ट पार्छ । स्पष्ट पार्छ पुँजीवादको ‘वेभ’ । प्रश्न उठाए पछि या श्रमिकलाई शोषण गर्न नपाउने भए पछि कसरी श्रमिकलाइ समाजबाट अल्ग्याईन्छ ? समाजबाट अलग्याईए पछिको अलगाव मनोदशाबाट गुज्रिदै जीवनको अन्त्य गर्ने, आत्महत्या गर्ने चर्चा माक्सको अलगाव सिद्धान्तमा छ ।

अलगावपछिको जीवन मृत्यु नै हो त ? अनि साम्यवाद नै हो त जीवनको सार ? स्पष्ट रूपमा होईन – जवाफ प्राप्त हुन्छ । प्रथम त साम्यवाद परिकल्पनामै सिमित छ दोस्रो मृत्यु सत्य हो तर जीवनको विकल्प होईन । के हो त जीवनको अर्थपूर्णता या सम्पूर्णता ?

म भन्छु यहिबाट शुरू हुनु पर्दछ -आध्यात्मिक जीवन । माक्सवादले भन्ने गरेको साम्यवादको बिन्दुसँग जोडेर हेर्नू पर्दछ – आध्यात्मिक जीवनलाई । यो नै हो जीवनको अर्थपूर्णता । साम्यवादले निम्त्याउने आलश्य युगलाइ अब अध्यात्मसँग जोडेर बुझ्नु जरूरी छ । यो अध्यात्मवाद कुनै धर्मको आवरण हैन । न हो कुनै धार्मिकताको नाममा हुने पाखण्डको सिलसिला । यो हो त जीवनलाई हाम्रा परम्परागत चिन्तन र त्यसले बनाउने बाटोमा “नहिडाउने बाटो” ।

खासमा के हो अध्यात्मवाद ? भलै कि हाम्रो अस्तित्व कहाँबाट आएको हो ? भन्नेमा मत-मतान्तर छ तर यसमा दुई मत छैन कि हामी कुनै एउटा बिन्दुबाट उत्पति भएका हौ । र त्यो बिन्दु क्रमश फैलिरहेको छ । चाहे त्यो महाविष्फोटन पश्चातको सृष्टि कल्पनामा होस् या क्रमविकाश सिद्धान्तमा । अर्थात एउटा तन्किने र निरन्तर विस्तार भई रहेको यात्रामा छौ हामी । यसैले पनि हामीलाई लाग्छ जीवन यात्रा हो । तर जीवन यात्रा होईन । अब जरूरी छ स्थिर रहन । अब जरूरी छ हामीभित्रको उर्जामा समाहित हुन । यात्रा नै भए पनि उर्जासँग जोडिने यात्रा हो हाम्रो । यो यात्रा भनेको क्रमश विस्तार भई रहेको जीवनसँग पाईला चाल्नु होईन बरू हाम्रो उद्गम उर्जामा फर्किनु हो । जीवन हामीले भन्ने गरेको यात्रा कदापी होईन ।

आत्मा मानिसको शरीरभित्र रहने एक चरम संवेदनशील, सत्य, नियन्त्रक र अजरअमर तत्त्व हो, त्यसैले हामीलाई सञ्चालन गर्दछ । सामान्य ज्ञानी यसलाई चेतना भन्दछन् भने महान ज्ञानी आत्मा भन्दछन् । शरीरभित्र यहि परमशक्तिको बासले हरेक मनुष्यको मस्तिष्क संचालन हुन्छ ।

४. कहाँबाट शुरू भएको हो अध्यात्मवाद ?

दुई जीव पिण्डको फ्युजनबाट नयाँ जीव निस्किनु कुनै हिसाबले अध्यात्मिक होईन, पूर्णतया भौतिकवादले काम गरेको छ । शुक्रकिट तब मात्र भ्रुण हुन सक्छ जब ऊ “डार्बिनको सङ्घर्ष”मा अब्बल ठहरिदै भेट्टाउछ डिम्ब । यहि भौतिकतामै छ आध्यात्मिकता । यो “दुई जीव पिण्ड” हिजोको अति सूक्ष्म पिण्डबाट बहुकोषीयको यात्रा गरेर आई पुगेका हुन्  । त्यो अति सूक्ष्म जीव कहाँबाट आयो ? हामीले चिरफार गर्यौ प्रयोगशालामा । भेटायौ त्यस सूक्ष्म जीवको केेन्द्रमा न्युक्लियस । न्युक्लियसभित्र DNA, RNA र प्रोटिन । DNA नै जीवको आधारभूत एकाई हो । DNA आधा डिम्ब र आधा शुक्रको योग हो। र क्रमश: आधा+आधा जोडिएर एक, एकबाट दुई, दुईबाट चार भई जीवको निर्माण भएको हुन्छ । DNA बाट मानवीय संस्करण निरन्तर अघि बढिरहेको छ ।  DNA चाहिँ विभिन्न ‘तत्व’बाट निर्मित हुन्छ  । हामीलाइ थाहा छ तत्वमा न्युक्लियस हुन्छ । न्युक्लियसभित्र ईलेक्ट्रोन, प्रोटोन र न्युट्रोन हुन्छ । यो तीन ठ्याक्कै ब्रम्हा र विष्णु र महेश्वरको परिकल्पनासँग मिल्दो छ, अर्थात पोजेटिभ चार्ज/ प्रोटोन( सृष्टिकर्ता), नेगेटिभ चार्ज/ईलेक्ट्रोन(विनाशकर्ता) र तटस्थ चार्ज/न्युट्रोन(पालनकर्ता) । यो तत्त्वभन्दा पर चै उर्जा हुन्छ । अर्थात आधारभूत सत्य हो उर्जा । परम’अणु’ भन्दा निकै परको उर्जा नै परम’आत्मा’ हो । यो परम’आत्मा’ उर्फ उर्जा नै मानव जीवन संचालनको आधारभूत सत्य हो । आत्मासँग  जोडिएको यो वादलाई नै मैले अध्यात्मवाद भने । आत्मा हुन्छ/हुदैन ? सदियौँदेखि तर्क वितर्क चलिरहेको विषय हो । तर उर्जाको स्वरूपलाई आत्मा भन्न नसकिने कारण छैन ।

यो उर्जा र आत्मालाई ‘अक्षत योगी त्याग’मा विपुल सिजापति भन्छन्- “आत्मा मानिसको शरीरभित्र रहने एक चरम संवेदनशील, सत्य, नियन्त्रक र अजरअमर तत्त्व हो, त्यसैले हामीलाई सञ्चालन गर्दछ । सामान्य ज्ञानी यसलाई चेतना भन्दछन् भने महान ज्ञानी आत्मा भन्दछन् । शरीरभित्र यहि परमशक्तिको बासले हरेक मनुष्यको मस्तिष्क संचालन हुन्छ । ” (उत्कृष्ट कथा २०७६ , पेज २७५ )

यो अध्यात्मवाद तथाकथित ‘भगवान’ पुज्ने ढोंगीको वाद भने होईन । हाम्रो अध्यात्मवाद ढोंगग्रस्त छ । त्यो ढोंगी  मानसिकता विद्रुप भौतिकतामा टिकेका छ । आत्माको कुनै जात हुदैन, न हुन्छ त्यहाँ वर्ण-व्यवस्था। न हुन्छ कुनै मुलुकी ऐन / न कुनै मनुस्मृति ।

५. जीवन यात्रा होईन

हामी भित्र भएको उर्जाले पुग्नु पर्ने तथाकथित कुनै गन्तव्य छैन । हाम्रो जीवन आधुनिक गन्तव्य खोजेर हिडेको हुदैैँ होईन । त्यसैले जीवन यात्रा होइन । गन्तव्य ताकेर कुद्ने यात्रालाई अर्थशास्त्रका बढे बढे ठेली  चाहिन्छ, तिनलाई विशुद्ध पार्न  वेेदको श्लोक चाहिन्छ । वेदलाई पनि हाम्रो डार्बिन यात्रा(अब्बल ठहरिन कुद्नु पर्ने यात्रा)ले आजको जस्तो कुरूप पारिदिन्छ । यसैैलेे जीवन गन्तव्य भेट्ने यात्रा होईन ।

हाम्रो अध्यात्मवाद ढोंगग्रस्त छ । त्यो ढोंगी  मानसिकता विद्रुप भौतिकतामा टिकेका छ । आत्माको कुनै जात हुदैन, न हुन्छ त्यहाँ वर्ण-व्यवस्था। न हुन्छ कुनै मुलुकी ऐन / न कुनै मनुस्मृति ।

हामी उर्जाको स्वरूप हौ भन्ने ज्ञानबाट विमुख भएको वर्तमान अवस्थामा  हाम्रो अबको “बाटो र यात्रा” भनेको उर्जालाई नियाल्नु र समाहित हुनु हो ।

जीवन भौतिकताको सिढी टेक्दैै उक्लिनु पर्ने कुनै यात्रा होईन । न हो आफैलाई छाडेर लम्किरहेको आजको जस्तो यात्रा । हामी जहाँ पुग्नु पर्ने हो त्यो हामीभित्र छ । जीवन मभित्र छ या म बाहिर ? यो भित्र बाहिरको अन्योलता यो भित्र बाहिरको कन्ट्राडिक्ट पनि अब त केही होईन ।

प्रतिक्रिया दिनुहोस्