Logo

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक (हेर्नुहोस् टिजर)



Spread the love

बहुप्रतिक्षि चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक भएको छ । चलचित्रले स्वजातिय विवाह र अन्तरजातीय प्रेमकथालाई समेटेर निर्माण गरिएको निर्देशन रामबाबु गुरुङले बताएका छन् ।

चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, रीश्मा गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारहरू अभिनय रहेको छ ।

शैलेन्द्र डी कार्कीद्वारा छायाङ्कन गरेको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् भने रेनशा वान्तवा राईले कोरियोग्राफर गरेकी छिन् । चलचित्रको कथा उपेन्द्र सुब्बा र निर्देशक रामबाबु गुरुङले लेखेका हुन् भने चलचित्रलाई रामबाबु गुरुङलेनै निर्देशन गरेका छन् ।
चलचित्र आउँदो भदौ १३ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

टिजर हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्