Logo

मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश



Spread the love

२३ असार, काठमाडौं । मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुगेको छ । सोमबार मलेसियालाई ७ विकेटले हराउदै नेपालले फाइनलमा स्थान बनाएको हो ।

मलेसियाले दिएको ८८ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको नोक्सानीमा भेट्टायो । नेपालको सुरुवात भने राम्रो थिएन । नेपालका लागि भिम सार्कीले सर्वाधिक ३३ रनको योगदान गरे । त्यस्तै नेपालका कप्तान रोहितकुमार पौडेलले ३१ रन जोड्दा पवन सर्राफले १८ रनको योगदान गरे ।

मलेसियाका लागि मोहम्मद खैरले दुई तथा मोहम्मद अमिरले एक विकेट हात पारे ।

यसअघि किनरारा ओभलमा पहिले ब्याटिङ थालेको घरेलु टोलीले ४५.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका सागर ढकालले ३ कुशल मल्लले दुई तथा रसिद खान, कमल सिंह ऐरी र तिलक राज भण्डारीले एक/एक विकेट लिएका थिए ।

नेपालले अब फाइनलमा सिंगापुर र हङकङबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्