Logo

मेस्सीलाई पछी पारे सुनील क्षेत्रीले



Spread the love

२३ असार, काठमाडौं ।अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीलाई भारतीय राष्ट्रिय टोलीका कप्तान तथा फरवार्ड सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने सुचिमा पछाडि पारेका छन् ।

इन्टरकन्टिनेन्टल कप अन्तर्गत आइतबार राति भएको खेलमा ताजकिस्तानविरुद्ध २ गोल गरेसंगै मेस्सीलाई क्षेत्रीले सर्वाधिक गोल गर्ने रेकर्डमा पछि पारेका हुन् ।सुनीलले राष्ट्रिय टोलीका लागि खेलेको १ सय ९ औं खेलमा ७० गोल गर्दै मेस्सीलाई उछिनेका हुन् ।

खराब प्रदर्शन गरेका मेस्सीले भने १ सय ३६ खेलबाट मात्र ६८ गोल गरेका छन् । क्षेत्री भन्दा अगाडि पोर्चुगलका क्रिष्टियानो रोनाल्डो रहेका छन् । उनले १५८ खेलबाट ८८ गोल गरेका छन् ।हाल मेस्सी तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्