Logo

बार्सिलोनाको नयाँ अवे जर्सी सार्वजनिक



Spread the love

२३ असार, काठमाडौं । नयाँ सिजनको लागि स्पेनिस महारथी बार्सिलोनाले अवे जर्सी सार्वजनिक गरेको छ । सोमबार बार्सिलोनाले सन् २०१९–२० को लागि प्रयोग हुने गरि जर्सी सार्वजनिक गरेको हो ।

पहेलो रंगबाट निर्मित जर्सीमा बार्सिलोनाको ट्रेडमार्क रंगले सजावट गरिएको छ । सन् १९७९ को बार्सिलोनाको जर्सीसँग नयाँ अवे जर्सी मिल्छ ।

नयाँ सार्वजनिक जर्सीमा बार्सिलोनाले अथुर मेलो, फिलिपे कौटिन्होलाई मोडलको रुपमा प्रस्तुत गरेको छ । होम जर्सी भने यसअघि नै बार्सिलोनाले सार्वजनिक गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्