Logo

श्रीमानले गरे श्रीमतीको ढुंगा हानेर हत्या



Spread the love

२३ असार, काठमाडौं । आइतबार राति पोखरा महानगरपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

पोखरा २२ घर भइ पोखरा १७ मा बस्दै आएका ४५ वर्षीय वीरबहादुर सुनारले श्रीमतीलाई ढुंगाले हानी हत्या गरेको कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन्  ।

गंगा सुनारलाई टाउकोमा ढुंगाले हानी हत्या गरी फरार भएसंगै प्रहरीले सोमबार दिउँसो वीरबहादुरलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्