Logo

च्याम्पियनसिपमा सहभागी हुन जाने राष्ट्रिय कराँते टोलीको बिदाइ



Spread the love


२३ असार, काठमाडौं । थाइल्याण्ड खुल्ला कराँते च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली कराँते टोलीलाई सोमबार एक कार्यक्रमबीच बिदाई गरिएको छ । अर्जून बिकले कराँते हल, सातदोबाटोमा उनीहरुलाई बिदाइ गरेका हुन् । नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

यही आषाढ २५ देखि श्रावण १ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोली व्यवस्थापकमा रवी महर्जन रहेका छन् ।

 खेलाडीहरु:  सोनाम लामा (५५ केजी), दिवश श्रेष्ठ (८४ केजी), मण्डेकाजी श्रेष्ठ (एकल तथा टिम काता), सुभाष कार्की तथा प्रविन मानन्धर (टिम काता), सनि तामाङ् (६८ केजी), अस्मिता राई (५३ केजी), चन्चला दनुवार (एकल काता), निर्मला तामाङ्, सरु कार्की र कोपिला बिष्ट (टिम काता) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्