Logo

नरिवलको पानी पिउनुहोस् र स्वस्थ रहनुहोस्



Spread the love

के तपाईँ गर्मी मौसममा आफ्नो शरीरलाई तन्दुरुस्त तथा शीतल राख्न चाहनुहुन्छ l यदि चाहनु हुन्छ भने त्यसको लागि नरिवलको पानी पिउने गर्नुहोस् l जसलाई पिउनाले स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ ।

  • गर्मीयाममा शरीरमा पानी कम हुन्छ । तर नरिवल पानी पिउँदा शरीरले प्राकृतिक रूपमा पानी प्राप्त गर्दछ ।
  • नरिवलको पानीले रक्त सञ्चार प्रक्रियामा पनि सुधार ल्याउँछ । यसले रक्तचापको स्तर कम गर्नुको साथै मुटु र मुटुसम्बन्धी रोगको खतरा पनि कम गर्छ ।
  • गर्मीमा छालासम्बन्धी समस्या उत्पन्न हुन्छ l जसलाई कम गर्नका लागि नरिवल पानी लाभदायक हुन्छ ।
  • पोषक तत्वले भरिपूर्ण काँचो नरिवलको पानी स्वाद र स्वास्थ्यको दृष्टिकोणले एकदमै फाइदाजनक छ । यसमा एन्टीब्याक्टेरियल गुण हुन्छ जसले शरीरको रोग प्रतिरोधी क्षमतालाई बढाउँछ ।
  • नरिवलको पानी पिउनाले किनभने कब्जियत, शरीरको जलन, पाचनतन्त्रको गडबडीलाई भगाउन मद्दत गर्दछ ।
  • मोटोपन भएका मानिसहरूका लागि पनि नरिवल पानी लाभदायक हुन्छ । यसमा लो फ्याट हुन्छ जसले भोक प्यासलाई कम राख्छ र शरीरलाई आवश्यकताअनुसार पोषक तत्त्व दिन्छ ।

प्रतिक्रिया दिनुहोस्