Logo

एसिसी यू-१९ क्रिकेट : हङकङद्वारा नेपाललाई सामान्य लक्ष्य प्रस्तुत



Spread the love


२४ असार, काठमाडौं । एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा नेपाललाई हङकङले ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियाको किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङ ४३.१ ओभरमा अल आउट हुँदै ९५ रनमै समेटियो । हङकङका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका सागर ढकालले घातक बलिङ गरे। उनले १० ओभरमा ५ मेडन ओभर बलिङ गरेर ५ विकेट हात पारे ।

यस्तै. कमलसिंह ऐरीले ३ विकेट लिए । कमलले ८ ओभरमा २ मेडन राख्दा २३ रन खर्चिए । कुशल मल्ल र तिलकराज भण्डारीले समान १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्