Logo

मेस्सीलाई थप प्रतिबन्ध लगाइने



Spread the love


२४ असार, काठमाडौं । कोपा अमेरिका २०१९ अन्तर्गत कप्तान लिओनेल मेस्सीले रेफ्रीको निर्णयविरुद्ध प्रतिक्रिया दिएसंगै उनि थप समस्यामा पर्ने भएका छन् । दक्षिण अमेरिकाको फुटबल संघले उनको प्रतिबन्ध थप गर्ने तयारी गरिरहेको छ ।

सेमिफाइनल खेलमा ब्राजिलसंग पराजय व्यहोरेसंगै मेस्सीले रेफ्रीले ब्राजिलको समर्थन गरेको आरोप लगाएका थिए । मेस्सीले तेस्रो स्थानको खेलमा रातो कार्ड पाएपछि उनले प्रतियोगितामा रेफ्रीहरुको स्तरमाथि प्रश्न गर्दै आफूप्रति रिस फेरेको अभिव्यक्ति दिएका थिए ।

रातो कार्ड पाएपछि मेस्सीले अर्जेन्टिनाको लागि अर्को खेल खेल्न पाउने छैन । यसपटक भने मेस्सीलाई एक खेल मात्र थप कारवाही भए उनले दुई खेल गुमाउने छन् ।

सन् २०१७ मा रेफ्री अगुस्टोको निर्णयप्रति असहमत हुँदा दिएको अभिव्यक्तिलाई लिएर मेस्सीले ४ खेलमा प्रतिबन्ध भोग्नु परेका थिए । तर , पछि उक्त प्रतिबन्धलाई घटाएर १ खेलमा झारिएको थियो।

प्रतिक्रिया दिनुहोस्