Logo

हङकङलाई पराजित गर्दै नेपाल एसीसी यू-१९ इस्टर्न रिजन च्याम्पियन



Spread the love

२४ असार, काठमाडौं । एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि नेपालले हात पारेको छ । फाइनल खेलमा हङकङलाई ६ विकेटले हराउदै नेपाल च्याम्पियन बनेको हो ।

हङकङले दिएको ९६ रनको विजयी लक्ष्य १७ औं ओभरमा नेपालले ४ विकेटको क्षतिमा भेटायो । नेपालका लागि ओपनर रित गौतम र पवन सर्राफले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरे ।

रित १३ रन जोड्दै आउट भए । अर्का ओपनर पवन सर्राफ ३६ बलको सामना गर्दै ३९ रन जोड्दै आउट भए । त्यस्तै , खडक बोहोराले ८ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १२ रन भने भीम सार्की ८ रनमा नटआउट रहे ।

हङकङका लागि रौनक कपुरले २ तथा मोहमद हसन र मोहमद हसन खान १-१ विकेट लिए ।

यसअघि मलेसियाको किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङ ४३.१ ओभरमा अल आउट हुँदै ९५ रनमै समेटियो । हङकङका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका सागर ढकालले घातक बलिङ गरे। उनले १० ओभरमा ५ मेडन ओभर बलिङ गरेर ५ विकेट हात पारे ।

यस्तै. कमलसिंह ऐरीले ३ विकेट लिए । कमलले ८ ओभरमा २ मेडन राख्दा २३ रन खर्चिए । कुशल मल्ल र तिलकराज भण्डारीले समान १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्